

पत्रकार पौडेलको निधनको शोकमा महासंघले १३ दिन कुनै औपचारीक कार्यक्रम नगर्ने

कपिलवस्तु ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुका संस्थापक सदस्य पत्रकार नन्दराम पौडेलेको सवारी दुर्घटनामा परी ज्यान गएको छ । मंगलबार साँझ कपिलवस्तुको चप्परगाउँमा ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार पौडेलको घटनास्थलमै ज्यान गएको हो । आफु कार्यरत पत्रिकाको काम सम्पादन गरि बुद्धभूमि स्थित घर फर्किने क्रममा बाणगंगा नगरपालिका वडा नम्बर ८ मा सवारी दुर्घटना हुँदा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको हो ।
यसैबिच पत्रकार महासंघ कपिलवस्तुका संस्थापक सदस्य समेत रहनुभएका पौडेलको निधनले स्तब्ध बनाएको नेपाल पत्रकार महासंघ कपिलवस्तुले जनाएको छ । महासंघको एक सदस्य गुमाएको भन्दै माहासंघले आगामी १३ दिनसम्म कुनै पनि औपचारीक कार्यक्रम आयोजना नगर्ने जनाएको छ । यस्तै पौडेलको बुधबार बिहान १० बजे लक्ष्मणघाट मा अन्तिम श्रद्धान्जलीको तयारी गरिएको छ ।
पश्चिम दिशाबाट गईरहेको ट्रकले विपरित दिशाबाट आईरहेको मोटरसाईकललाई ठक्कर दिएको ईलाका प्रहरी कार्यलय पिपराले जानकारी दिएको छ । ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ ।
पौडेल स्थानीय बुद्ध दर्पण दैनिक र बुद्ध आवाज साप्ताहिकमा कार्यररत थिए । उनी इन्सेकका जिल्ला प्रतिनिधि पनि हुन् । पत्रकार महासंघको हालै सम्पन्न निर्वाचनमा उनी प्रदेश कोषाध्यक्षका उम्मेदवार थिए ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया