

दैनिक ११ हजार कोरोना सङ्क्रमित थपिन सक्छन् : स्वास्थ्य मन्त्रालय


काठमाण्डाै
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आउँदो असारसम्म कोरोना सङ्क्रमितको सङ्ख्या उच्च हुने प्रक्षेपण गरेको छ । मङ्गलवार मन्त्रालयमा पत्रकारहरूसँगकाे कुराकानीमा स्वास्थ्य मन्त्री त्रिपाठीले अहिलेको दरमा कोरोना सङ्क्रमण बढ्दै गए आउँदो असारसम्म काेराेनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ६ लाखसम्म पुग्न सक्ने बताउनुभयो ।
त्रिपाठीले अहिलेको सङ्क्रमण दरलाई हेरेर प्रक्षेपण गर्दा आउँदाे असारसम्म दैनिक ११ हजार सङ्क्रमित थपिन सक्ने हुँदा त्यसका लागि अहिले नै मन्त्रालयले आवश्यक तयारी गरिरहेको बताउनुभयो ।
मन्त्रालयले सबै अस्पताललाई तयारी अवस्थामा राख्न अहिले उपकरण र सुरक्षा सामग्रीको रेकर्ड सङ्कलन गर्ने काम भइरहेको मन्त्री त्रिपाठीले बताउनुभयो । भारतबाट आउने नाकाहरूमा होल्डिङ सेन्टर र क्वरेण्टीन स्थलहरू थप गर्न लागिएको उहाँको भनाइ छ ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया