विप्लवका दाइ वीरजंगलाई २१ दिन भित्र अदात उपस्थितहुन समाह्वान म्याद जारी

काठमाडौं ।
भूमिगत गतिविधि छाडेर हालै खुला राजनीतिमा आएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द (विप्लव) का दाई चन्द्रबहादुर चन्द (वीरजंग) का नाममा अदालतले समाह्वान म्याद जारी गरेको छ ।

विष्फोटक पदार्थसम्बन्धी कसुर मुद्दामा फरार प्रतिवादीका रुपमा रहेका वीरजंगलाई २१ दिन भित्र अदालतमा उपस्थित हुन भनेर रुपन्देही जिल्ला अदालतले म्याद जारी गरेको हो ।

कपिलवस्तुको शिवराज नगरपालिका(९ शिवगढी घर भनिए पनि सो वतनमा उनी फेला नपरेपछि राष्ट्रियस्तरको पत्रिकामा सूचना प्रकाशित गरेर अदालतले उनलाई २१ दिनभित्र उपस्थित हुन भनेको हो ।

अदालतले उनलाई विष्फोटक पदार्थसम्बन्धी कसुर मुद्दामा बयानका लागि परिचय खुल्ने कागजात समेत राखी आफैं उपस्थित हुन भनेको छ ।

गत फागुन २१ गते सरकारसँग ३ बुँदे सम्झौता गर्दै विप्लव नेतृत्वको नेकपा शान्तिपूणर् राजनीतिमा आएको थियो ।

सरकारले विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध हटाउँदै नेता(कार्यकर्ताहरुको रिहाइ र उनीहरुमाथि लागेका सबै मुद्दाहरु खारेज गर्ने सहमति जनाएको थियो ।

प्रतिक्रिया

खबर सबै