

फौजी किरा नियन्त्रण गर्न किसानलाई निःशुल्क विषादी वितरण



बाँके । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई बाँकेले मकैमा लाग्ने फौजी किरा व्यवस्थापनका लागि निःशुल्क विषादी वितरण गरेको छ । बाँकेको डुडुवा गाउँपालिका ६ हिर्मिनियामा सोमबार १८० किसानलाई मकैमा लाग्ने फौजी किरा व्यवस्थापनका लागि विषादी वितरण गरेको परियोजना कार्यान्वयन इकाई बाँकेका प्रमुख कफिल अहमदले बताए ।
नेपालगन्ज उपमहानगरपालिकाको अरू वडामा पनि फौजी किरा व्यवस्थापनका लागि विषादी वितरण गरिने कार्यक्रम रहेको छ । उपमहानगरपालिका र डुडुवा गाउँपालिका भित्रका फौजी किराको प्रकोप देखिएको ११ वडामा विषादी वितरण गर्ने कार्यक्रम रहेको उनले बताए ।
अहिले उपमहानगरपालिका र गाउँपालिका भित्र प्रकोप भर्खर भर्खर सुरु भएको पनि उनी बताउँछन् । ‘यहाँ त्यति धेरै प्रकोपको रूपमा किरा फैलिएको छैन । सुरुवाती अवस्थामा छ’ उनले भने,‘किसान आफैले पनि विषादी ल्याएर हानी रहनु भएको छ । सुरुमै सावधानी अपनायौ भने यो किराले व्यापक क्षती गर्दैन भन्ने लाग्छ ।’
नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिका भित्र ७ सय ३५ हेक्टर क्षेत्रफलमा मकै खेती गरिएको छ ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया