

समुन्नत समाजवादका लागि रुपन्देहीमा अन्तरक्रिया

कपिलवस्तु ।
समाजवादी अभियान नेपाल रुपन्देही जिल्ला समितिको आयाजनामा शनिबार रुपन्देहीमा एक दिवसीय अन्तरक्रिलया कार्यक्रम सम्पन्न भएको छ । २१ औँ शताब्दिमा समाजवाद कस्तो हुने भन्ने विषयमा आयोजित अन्तरक्रियामा समाजवादका विषयमा कार्यपत्र पेश भएका छन भने सो कार्यपत्रमाथि केन्द्रित बहस पनि भएको समाजवादी अभियान नेपालले जनाएको छ ।
रुपन्देहीको बुटवल स्थित लुम्बिनी वाणिज्य क्यम्पसमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य नारायण खनालले समुन्नत समाजवादको कार्यपत्र पेश गरेका थिए । उनको कार्यपत्र अनुसार वर्तमान नेपालको अवस्थाबाट समुन्नत नेपाल निर्माणका लािग समाजवादको अवधारणा फरक र नयाँ तवरबाट अगाडि बढ्नुपर्नेमा केन्द्रित थियो । उनले आगामी दुई दशकमा समुन्नत समाजवाद सहितको नेपाल निर्माण अहिलेको मुख्य आवश्यकता रहेकोमा जोड पनि दिएका छन् ।
कार्यक्रममा पूर्व राजदुत अजय शर्माले माक्र्सवादी कोणबाट समाजवादको बहस गरेका थिए । कार्यक्रम प्रशान्त बञ्जाडेको अध्यक्षता र लेखनाथ भण्डारीको संचलनमा सम्पन्न भएको छ ।
कार्यक्रममा जसपा लुम्बिनी प्रदेश सदस्य मेघनाथ पौाडेल, बाम्पन्थि नेता बिनबहादुर कुवँर लगायत रुपन्देहीका युवा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया