अनेरास्ववियु (छैठौं ) जिल्ला समिति दाङकाे पूर्ण बैठक सम्पन्न

दाङ

अखिल (छैठौं ) जिल्ला समिति दाङकाे पाँचौ पुर्ण बैठक शनिबार  जिल्ला अध्यक्ष ध्रुव बेल्बासे काे अध्यक्षतामा लमहिमा सम्पन्न भएको छ। बैठकले गरेका निर्णय सार्वजनिक गर्न छैठौंले एक वक्तव्य जारि गरेकाे जनााएको छ ।

बैठकले अखिल छैठौं जिल्ला समिति दाङको १६ अौ जिल्ला सम्मेलन मिति जेठ १ गते घाेराहिमा गर्ने निर्णय गरेकाे जनाएको छ । यस्ततै काेराेना महामारी लाई मध्यनजर गर्दै प्रतिनिधि मुलक   सम्मेलन  गर्नेगरी मुल नारा “संघियता,भ्रष्टाचार ,शैक्षिक निजीकरण काे भण्डाफाेर, सर्व शुलभ र जनमुखि शिक्षामा हाम्रो जाेड” भन्ने तय गरिएको संठनले जनाएको छ।

सम्मेलन सम्पन्न गर्न विभिन्न उप समितिहरु निर्माण गरेेेेेकाे छ। जस अनुसार ध्रुव बेलबासेकाे संयाेजकत्व रहेको ७ सदस्यीय मुल कार्यक्रम व्यवस्थापन समिति गठन भएको हाे ।जसको सदस्य मा लक्ष्मण बि क ,सरिता पुन,मधुकर पुन,राजकुमारि चौधरी ,दिनेश रैदास र सराेज राज शर्मा रहनु भएको छ।
यस्तै दिनेश रैदास संयाेजकत्व रहेको ५ सदस्यीय स्थल व्यवस्थापन समिति गठन गरिएको छ। जसको सदस्यमा सुनिता आचार्य,मधुकर पुन,पारस बुढा र लक्ष्मण बि क रहनु भएको छ।

सम्मेलन सफल पार्न पालिका स्तरीय ईन्चार्ज  समेत तय गरेेेकाे छैैैैठौंले जनाएको छ ।  घाेराहि उप महानगर पालिकामा दिनेश रैदास, तुल्सिपुर उपमहानगर पालिकामा राजकुमारि चौधरी, लमहि नगरपालिका  मा बसन्त  अाचार्य, बबई गाउपालिकामा ध्रुव बेल्बासे,  दंगिशरण गाउँ पालिकाका ध्रुव बेल्बासे, शान्तिनगर गाउँपालिका  ध्रुव बेल्बासे,  बंगलाचुलि गाउपालिकामा भुमा बुढा, गढवा गाउपालिका शराेज राज शर्मा, राजपुर गाउपालिकामा दिनेस रैदास,  राप्ती गाउपालिका, ध्रुव बेल्बासे र सरिता पुन रहनुभएकाे छ ।

प्रतिक्रिया

खबर सबै