छिट्टै नयाँ सरकार बन्ने प्रचण्डको दावी

राजेन्द्र खनाल/कपिलवस्तु

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसको पछिल्लो निर्णयका कारण नेपाली राजनीतिले नयाँ मोड लिएको बताएका छन् । उनले शनिबार कपिलवस्तुको तौलिहवामा आयोजित कार्यक्रता प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै अब छिट्टै नयाँ सरकार गठनका विषयमा छलफल हुने र त्यसको पहलका लागि आफुले राम्रो भुमिका खेल्लने पनि दावी गरे ।

हिन्दी भाषमा कार्यक्रमलाई सम्बोधन गर्न पुगेको प्रचण्डले तराई मधेशका जनताको लामो समयको संघर्ष मेहेनत र बलिदान पछि मात्र नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताए । ७० वर्ष पहिले देखि उठिरहेको संविधान सभाबाट नेपालको संविधान बनाउने सपना पनि मधेशका जनताको योगदानबाटै सम्भव भएको बताए । त्यसका लागि माओवादी पार्टीको अध्यक्षका हैसियतले आफुले त्यसको मुख्य भुमिका निर्वाह गरेको दावी पनि गरे । मधेशका जनताहरुको अधिकार सुनिश्चित गर्दै संविधानलाई कार्यान्वयन गर्ने र आदिवासी, जनजाती, मधेसी महिला, मुस्लिामहरुको अधिकार प्रत्याभुत हुने गरी काम गर्ने योजनाका साथ नेपालको संविधान जारी गरिएको भए पनि देशका पुराना शासक वर्गहरु त्यसबट रुष्ट भएको बताए ।

आफैले प्रधानमन्त्रीमा प्रस्ताव गरेका प्रधानमन्त्री केपी ओली नै अहिले संविधानको उल्लङ्घन र जनताका भावना विपरित लागेको प्रचण्डले आरोप लगाएका छन् । पार्टी एकता र ओलीलाई प्रधानमन्त्री बनाउन आफुले प्रस्ताव गरेको भए पनि अहिले उनी अहिले दुश्मनको एजेण्टको रुपमा काम गर्न पुगेको बताए । ओलीको षड्यन्त्रका कारण प्रतिनिधि सभा विघटन भएको बताउँदै देशलाई प्रतिक्रान्तिको दिशामा धकल्न खोज्ने ओलीको कदमलाई परास्त गर्न प्रचण्डले कार्यक्रताहरुलाई निर्देशन दिए ।

यसैबिच उनले प्रतिगामी कदमका बिरुद्ध अझै एक पटक जनताका बिचमा पुगेर लड्नुपर्ने आवश्यकता पनि औल्याएका छन् । नेपालका जनताको अधिकार र पहिचानको बिरुद्ध लाग्ने शक्तिहरुलाई परास्त गर्नुपर्ने प्रचण्डको भनाई छ । अब बन्ने सरकारमा माओवादी केन्द्रको नेतृत्वदायी भुमिका रहने उनले दावी गरेका छन् । अबको केही दिनमा नयाँ सरकार बन्ने भन्दै प्रचण्डले मधेशका जनताको हक अधिकारका बिरुद्ध लाग्ने राजनितिक शक्ति बिरुद्ध प्रतिवाद गर्न पनि आफ्ना कार्यक्रताहरुलाई निर्देशन दिएका छन् । समानताको लडाईलाई अगाडी बढाउन पनि उनले आग्रह गरेका छन्। भारत सँगको खुल्ला सीमा नाकाका कारण मधेशका जनताले भोग्नुपरेको समस्या समाधान गर्न आफुले प्रयास गर्ने प्रचण्डले प्रतिवद्धता जनाएका छन्।

 

प्रतिक्रिया

खबर सबै