

काेभिड कप २०२१ दशरथ रङ्गशालामा



काठमाण्डाै
यही चैत २८ गते दशरथ रङ्गशालामा ‘कोभिड कप फुटबल–२०२१’ आयोजना हुने भएको छ । जिल्ला सहकारी सङ्घ काठमाण्डाै र हेराल्ड मिडियाको संयुक्त आयोजनामा ‘कोभिडले थलिएका हामी अब उठ्नु छ’ भन्ने मूल नाराका साथ चैत २८ गते दशरथ रङ्गशालामा ‘कोभिड कप फुटबल–२०२१’ को आयोजना हुने भएको हो ।
काठमाण्डाैमा बिहीवार पत्रकार सम्मेलनको आयोजना गरी यस कार्यक्रमको बारेमा जानकारी गराइएको छ । खेलमा चलचित्र कलाकार, हास्य कलाकार, लोक तथा आधुनिक गायक, बैंक तथा वित्तीय परिसङ्घ, सहकारी अभियान, लायन्स क्लबका व्यक्ति, राष्ट्रिय निजी तथा आवासीय विद्यालयलगायतको सहभागिता हुने बताइएको छ ।
प्रतियाेगितामा १० टोली रहने जिल्ला सहकारी सङ्घ काठमाण्डाैका अध्यक्ष ज्ञानबहादुर तामाङले बताउनुभयो । साथै कोभिड–१९ बाट बच्नका लागि सामाजिक दुरी पनि कायम गरिने उहाँले जानकारी दिनुभयाे ।
खेल सँगसँगै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि आयोजना गरिने आयोजकले बताएको छ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया