वाणगंगाबाट गएका प्रशासकीय बिरुद्ध लमहीमा आन्दोलन

राजेन्द्र खनाल
कपिलवस्तु ।
कर्मचारीले धानेको नेपालको प्रशासनिक क्षेत्रमा जनप्रतिनिधिको आगमन भए पनि उल्लेख्य कामन हुन सकेको छैन । स्थानिय तहहमा प्रशासकिय अधिकृत र जनप्रतिनिधिहरुका बिचमा हुने खटपटले पालिकाका काम प्रभावित हुने गरेका छन् । स्थानिय तहमा प्रशासकिय अधिकृत र जनप्रतिनिधिहरुका बिचको विवादले कर्मचारीको सरुवा हुने क्रक्रम पछिल्ला वर्षमा बढ्दो छ ।

अहिले कपिलवस्तुको वाणगंगा नगरपालिकाबाट हालै सरुवा हुँदै दाङको लमही नगरपालिकामा पुगेका प्रमूख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगी बिरुद्ध लमिही नगरपालिकाका कार्यपालिका सदस्यहरु आन्दोलनमा उत्रिएका छन् ।
दाङ देउखुरी स्थित लमही नगरपालिकामा केहि वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले नगरपालिकाको मुल गेटमा बुधबार देखि धर्ना दिएका छन् । विवादित प्रमुख प्रशासकीय अधिकृत डाँगीलाई ल्याउन खोजेको भन्दै उनीहरुले नगरपालिकाको मुल गेटमा बसेर धर्ना दिएका हुन् ।

वडा अध्यक्ष सहित बनेको १९ जना कार्यपालिका सदस्य मध्ये १३ जना नगर सदस्यहरु अहिले विरोधमा उत्रिएका छन् । उनीहरुले तुरुन्त कार्यपालिकाको पुर्ण बैठक बसाल्न माग गरेपनि नगरप्रमुख कुलबहादुर केसीले पुर्ण बैठक तत्काल राख्न नचाहेको आरोप पनि लगाएका छन् । वडा अध्यक्ष नुमराज पौडेलका अनुसार प्रशासकिय अधिकृत डाँडी यस अघि पनि लमिही नगरपालिकामा करिब ढाई वर्ष बसेर सरुवा भएका थिए । सो समयमा नगरपभित्र राम्रो काम कुनैपनि नगरेको र हाल पनि पुन ः सरुवा भएका कारण फेरी पनि सोही स्थिति सिर्जना हुन सक्ने भएकाले हाजिर हुन नदिएको वडा अध्यक्ष पौडलले बताए ।

त्यस्तै अर्का वडा अध्यक्ष बाबुराम चौधरका अनुसार आफुहरुको माग पुरा नभए जनता माझ जाने चेतावनी दिएका छन् । उनीहरुले डाँगी नगरपालिकामा जिम्मेवारी लिएर आएमा नगर कार्यपालिकाको सम्पूर्ण बैठकहरू बहिस्कार गर्ने बताएका छन् ।

डाँगीले विभिन्न परियोजनामा घोटला गर्ने, योजना पूरा नहँुदै भुक्तानी दिइहाल्ने, १४ रुपैयाँको औषधी २८ रुपैयाँमा आएको टेन्डर पास गरिदिने लगाएतका आरोप विरोधमा उत्रिएका वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुको छ ।

यसैबिच कपिलवसतुको वाणगंगाबाट डागीँको सरुवा भए सँगै वाणगंगामा भने नयाँ प्रशासकियको हाजिरी भएको छ । गेहेन्द्र बहादुर डाँगीको तीन महिना पुर्ण हुन नपाउँदै वाणगंगामा आएका प्रशासकिय अधिकृत अर्घाखाँची स्थायी घर भएका बासुदेव खनाललाई नगर कार्यपालिकाले स्वागत गर्दै हाजिरी गराएको छ । वाणगंगाबाट डाँगीको बिदाई सहित खनाललाई स्वागत गरिए पनि लमहि नगरपालिकामा भने डाँगी बिरुद्ध आन्दोलन चर्किएको हो ।

खास गरी स्थानिय तहका जनप्रतिनिधिहरुसँग भने जस्तो मन मिल्न नसक्दा लुम्बिनी प्रदेशका अधिकाशं स्थानिय तहमा प्रशासकिय अधिकृतहरुको स्वागत र बिदाई बढी हुने गरेको छ । कपिलवस्तुको वाणगंगा नगरपालिकामा पनि तीन तीन महिनामा प्रशासकियहरुको सरुवा हुने गरेको छ । विभिन्न कारणले जनप्रतिनिधिहरु सँग आपसी सम्बन्ध गतिलो बन्न नसक्दा स्थानिय तहमा प्रशासकियहरुको बसाई राम्रो नबन्दा कर्मचारी तन्त्र र जनप्रतिनिधि तन्त्रको द्धोन्द्धले काम समेत प्रभावित हुने गरेका छन ।

प्रतिक्रिया

खबर सबै