

विजयनगर १ मा किशोरीहरुका बिचमा अन्तरक्रिया



विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा १ जवाबैराठमा शुक्रवार किशोरीहरुको आकांक्षाको बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । लाली गुराँस किशोरी अभियानता समूहको आयोजनामा र दलित सामाजिक विकास केन्द्र तथा केयर नेपालको सहयोगमा किशोरीहरुको आकांक्षाको बारेमा अन्तरक्रिया कार्यक्रम गरिएको दलित सामाजिक विकास केन्द्रका सामाजिक परिचालक गोविन्द यादवले जानकारी दिनुभएको छ ।
किशोरीहरुले भविष्यमा देखेका सपना, उनीहरुको आकांक्षाहरुको विना बन्देज पुरा गर्ने, गतिशिल बनाउने विषयमा जानकारी गराइको थियो । किशोरीहरुको सपना साकार पार्न अभिभावकहरुको भुमिका के के हुन सक्छन् रु त्यस विषयमा किशोरीहरुका अभिभावक, शिक्षक र किशोरीहरु विच बृहत छलफल गरिएको उहाँले बताउनुभएको छ । किशोरीहरुले शिक्षक, डाक्टर, नर्स, इन्जिनियर, गायक, डान्सर बन्ने जस्ता आकांक्षाहरु आफ्ना अभिभावक समक्ष राखेका थिए ।
कार्यक्रममा किशोरी तथा बालबालिकाहरुलाई समाजमा हेर्ने नकारात्मक दृष्टिकोणलाई हटाई शिक्षा क्षेत्रमा जोड दिन सक्ने विषयवस्तुमाथि जोड दिएको थियो । उनीहरु माथि हुने गरेको विभिन्न हत्या, हिंसा, बलात्कार, भेदभावलाई अन्त्य गरिने लगायतको कुरालाई प्रकाश गरिएको हो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले उनीहरुमाथि रितिरीवाज, परम्परा, धर्म, संस्कार, अन्धविश्वास जस्ता नकारात्मक रुढीवादी परम्परा, धार्मिक मुल्य मान्यताले किशोरीहरुको भविष्यमा धेरै बाधा, अड्चन पुराएकोले बालबालिका तथा किशोरीहरुलाई शिक्षित बनाए मात्र समाजमा परिवर्तन गर्न सकिने र शिक्षित समाजको कल्पना गर्न सकिने बताएका छन् । लैङ्गिक समानता र महिला हिंसालाई निराकरण गर्नको लागि सबैले एक भएर लाग्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रम किशोरी अभियान्ता समुहकी अनिसा थारुको अध्यक्षता, कामना आधारभूत विद्यालयकी शिक्षिका पूजा परियारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दलित सामाजिक विकास केन्द्रका सामाजिक परिचालक लौनी चौधरी, शिक्षक, विद्यार्थी, आमा अभिभावक, किशोरी लगायतको उपस्थिति रहेको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया