सरकारको नियम उल्लंघन गर्दै विद्यालयहरु धमाधम खुला, स्वास्थ्य माथी खेलवाड गरेको बिद्यार्थीको गुनासो

राधा पाण्डे, कपिलवस्तु

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरे पनि सरकारको नियम उल्लंघन गर्दै रुपन्देही जिल्ला अन्तर्गत कन्चन गाउँपालिकाका विद्यालयहरु भने धमाधम संचालन भएका छन् ।

वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषत निकै बढेकोले मंगलबार एक बिग्यप्ती जारी गरि विद्यालय बन्द गर्न आह्वान गरेको हो ।

यता सरकारको नियम नमान्दा पनि स्थानीय सरकार भने मौन देखिएको छ । यस सम्बन्धमा कन्चन गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले सरकारको नियम नमान्नेलाइ कारबाही गर्ने बताउनुभयो । स्थानीयका अनुसार स्थानीय सरकार बलियो नभएको र जनताले नीति नियम नमानेको दाबी गरेका छन् । गाउँपालिका भित्र १९ ओटा सरकारी र ११ ओटा निजि गरि जम्मा ३० विद्यालय संचालित छन् ।

सरकारको नियम अनुसार नै सरकारी विद्यालय बन्द भए भने निजि बिद्यालयहरुमा पठनपाठन संचालन रहदा विद्यार्थीहरुले आफ्नो स्वास्थ्यमाथी स्थानीय सरकार र विद्यालयले खेलवाड गरेको गुनासो गरेका छन् । जल तथा मौसमविद्का अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको छ र हावाले पानी पार्ने बादलको साटो धुलो र धुवाँ लिएर आएको छ । यसका साथै डढेलोका घटना बढेकाले वायु प्रदूषित भएको बिज्ञहरुको भनाइ छ ।

प्रतिक्रिया

खबर सबै