

बाणगंगाको राजापानीमा एक युवक मृत फेला

कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा नगरपालिकामा एक युवक मृत फेला परेका छन् । वाणगंगा नगरपालिकाको वडा नम्बर ३ स्थित राजापानी सामुदायिक वनको पार्कभित्र अन्दाजी २५÷२६ बर्षका कपिल बेलबासे नाम गरेका युवक मृत फेला परेका हुन् ।
हातखुटटा बाँधिएको र शरिरका विभिन्न भागमा हतियारले काटिएको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ । घटनाको इलाका प्रहरी कार्यालय पिपराको टोलीले अनुसन्धान थालेको जनाएको छ । गंगोलिया घर भएका उनी होलीको उमंगपछि राती १२ वजेतिर घरबाट निस्किएका बताइएको छ । प्रहरीले उनीसंगै होटलमा वसेर खानपिन गरेका ३ जनालाई नियन्त्रणमा लिएको छ भने सत्यतथ्य पत्ता लगाउन कुकुर पनि परिचालन गरिएको प्रहरी निरिक्षक दिनेश गुरुङले जानकारी दिनुभयो ।
प्रहरीले अहिले घटनास्थललाई शिल गरी अनुसन्धान सुरु गरेको हो । स्थानीयले बेलबासेको हत्या गरिएको बताएका छन् । हत्या हो या अन्य कारणले बेलबासेको मृत्यु भएको भन्नेबारे प्रहरीले अझै केही खुलाएको छैन यद्यपी सो घटनाको अनुसन्धान भईरहेको र अनुसन्धान पछि मात्रै केही भन्न सकिने गुरुङले बताउनुभयो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया