

इङ्ग्ल्याण्डसँगको तेस्रो एक दिवसीय क्रिकेटको उपाधि भारतलाई



काठमाण्डाै
इङ्ग्ल्याण्डसँगको तीन खेलको एक दिवसीय श्रृङ्खला भारतले जितेको छ ।
घरेलु मैदान पुनेमा भएको खेलमा भारतले इङ्ग्ल्याण्डलाई ७ रनले पराजित गर्दै श्रृङ्खला जितेको हो।
भारतले दिएको ३ सय ३० रनको लक्ष्य पछ्याएको इङ्ग्ल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय २२ रन मात्र बनाउन सक्यो ।
यसअघि भारतले निर्धारित ओभरको १० बल बाँकी छँदै सबै विकेट गुमाएर ३२९ रन बनाएको थियो । भारतका लागि ऋषभ पन्त, हार्दिक पाण्डेय र शिखर धवनले अर्धशतकीय पारी खेलेका थिए । इङ्ग्ल्याण्डले यसअघि भएको टेष्ट र ट्वान्टी-ट्वान्टी श्रृङ्खला पनि हारेको थियो ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया