

होलीमा माया बाँड्दा कोरोना बढ्ने जोखिम



कपिलवस्तु ।
२०७६ साल चैत्र महिनाको सूरुवाती दिनबाटै जटिल बनेको विश्व परिवेष ठीक एक वर्ष पछि आईपुग्दा उही पुरानै स्थितिमा पुग्ने जोखिम देखिएको छ । कोराना भईरस अर्थात कोभिड १९ का कारण गत वर्ष चैत्र ११ बाट नेपालमा लगडाउन गरिएको थियो । हाल भने लागडान नभए पनि छिमेकी मुलुक भारतमा तिव्र गतिमा फैलिरहेको कोरोना संक्रमणका कारण नेपालमा पनि त्यसको असर फेरी विकराल बन्न सक्ने देखिएको छ ।
यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण फैलिन सक्ने भन्दै यस पटकको होली अर्थात फागु पुर्णिमा पर्वलाई सजगताका साथ मनाउन आग्रह गरेको छ । गत वर्ष होली पर्व मनाउन निषेध गरिएको थियो भने यस वर्षको होली पर्व पनि संयमताका साथ मनाउन आग्रह गरिएको हो ।
मन्त्रालयले सूचना जारी गर्दै कोरोना संक्रमणको जोखिम कायम नै रहेकाले होलीमा हुल र ठूला जमघटबाट टाढा रहन अनुरोध गरेको छ । स्वाथ्य मन्त्रालयले भनेको छ, ‘कोरोना संक्रमणको खतरा हुलहरुमै बढी हुन्छ, कोरोनालाई फैलिन नदिऔँ, सजगताका साथ होली मनाऔँ ।’
मानिसहरुको भीडभाड बढ्न सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले सामूहिक रुपमा होली नमनाउन आग्रह गरेको हो । ‘यस होलीमा हुल तथा ठूला जमघटबाट टाढा बसौँ, माया बाँडौँ, कोरोना होइन ।’ मन्त्रालयले भनेको छ ।
पछिल्ला दिनमा भारतमा संक्रमण तीव्र बनेको र भारतबाट नेपाल फर्किनेको संख्या बढिरहेकाले सरकारले सबैलाई स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको छ । नेपालमा पनि कोरोना संक्रमण दर केही वृद्धि भएपछि उच्च स्वास्थ्य सतर्कता अपनाउन विज्ञहरूले आग्रह गरेका छन् ।
यता ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुले पनि सूचना जारी गर्दै भिडभाड गर्ने, जमघट तथा भेला सभा समारोहको अयोजना गर्ने कार्य तत्काल बन्द गर्न निर्देशन गरेका छन् । कपिलवस्तुमा पनि जिल्ला प्रशासन कार्यालयले चाडपर्वमा बढी भिडभाड हुने र त्यस्ता कार्यबाट कोरोनाको अर्काे लहर नेपालमा पनि देखिन सक्ने जोखिमलाई ध्यानमा राख्दै कडाई गरेको छ । त्यस्तै कृष्णनगर सीमा नाका क्षेत्रमा भारतीय भुमिबाट नेपाल भित्रने नागरिकहरुको चेकजाँचका लागि हेल्थ डेस्क स्थापना गरिएको छ । कोरोनाको संक्रमण दरमा केही कमी आएपछि केही महिना पहिले हटाइएको हेल्थ डेस्क अहिले भने स्थापना गरिएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।
उता केन्द्र सरकारले यस अघि स्थापना गरिएका क्वारेन्टिन र आइसोलेसन केन्द्रहरुको तथ्याङ्क संकलन थालेको छ । कोरोना अस्पतालहरुलाई तयारी अवस्थामा राख्ने गृहकार्य सुरु भएको छ । केही समय नियन्त्रणमा आईसकेको कोरोना संक्रमणको दर फेरी बढ्न थाले पछि आर.टि पिसिआर परिक्षणको दरलाई पनि विस्तारै बढाइएको छ । परिक्षणको दर बढेसँगै सँंक्रमितको संख्यामा पनि बृद्धि भएको छ ।
कोरोना बिरुद्धको खोप लगाएका र नलगाएका सबैले अनिवार्य मास्क लगाउने, सामाजिक दूरी, हातको सरसफाइ, हावा ओहोरदोहोर हुने ठाउँमा बसेर जनस्वास्थ्यको उपाय कडाइसाथ पालना गर्न जिल्ला प्रशासन कार्यालयहरुले आग्रह गरेका छन् । त्यस्तै सार्वजनिक यातायात क्षेत्र र शिक्षण संस्थामा कोरोना संक्रमणको जोखिम उच्च भएको भन्दै सरकारले जनस्वास्थ्य र सुरक्षासम्बन्धी मापदण्ड पालना गर्न निर्देशन दिएको छ ।
लुम्बिनी प्रदेशका तराई र पहाडका अधिकाशं जिल्लाहरुले भिडभाड गर्न निषेध गरेका छन्। होली पर्वलाई घर भित्रै परिवारका साथमा मनाउन आग्रह गरिएको छ । कपिलवस्तु सहित नवलपरासि पश्चिम, रुपन्देही, दाङ, बाँके, बर्दिया, पाल्पा, गुल्मी, अर्घाखाँची लगाएतका जिल्लामा कोरोनाको अर्काे लहर भित्रन सक्ने जोखिमलाई ध्यानमा राख्दै सुरक्षा मापदण्डको पालनामा कडाई गरिएको सम्बन्धित जिल्लाका प्रमूख जिल्ला अधिकारीहरुले जानकारी दिएका छन् ।
यस वर्षको फागु पुर्णीमा अर्थात होली पर्व चैत्र १५ र १६ गते मनाईदै छ । होलीका नाममा अपरिचित व्यक्तिहरुलाई रङ् दल्ने, लोला हान्ने, जबरजस्ती गर्ने कार्य नगर्न जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ । सामाजिक सदभाव र एकताको पर्वको रुपमा रहेको होली पर्वलाई यस पटक पारिवारिक सद्भावका साथ मनाउन आग्रह गरिएको छ । यसवर्षको होलीमा एक अर्कामा शुभकामना सन्देश र मायाँ बाड्दै कोरोनालाई परास्त गर्ने उपायहरुको पालना गर्न सम्बन्धित निकायहरुले नागरिकहरुमा आग्रह गरेका छन् ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया