

लुम्बिनी प्रदेशमा थपिए सार्वजनिक विदा, मन्त्रिपरिषदले ग¥यो निर्णय



बुटवल ।
लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको सातौ हिउँदे अधिवेशन यही चैत १८ गतेका लागि आह्वान गर्न सिफारिस गरेको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
यस्तै बैठकले लुम्बिनी प्रदेशमा सार्वजनिक विदा समेत तोकेको छ । प्रदेशमा सार्वजनिक र पर्व बिदा थप गर्ने निर्णय सरकारले गरेको हो । सरकारले मुस्लिम समुदायको पर्व बकर इद, माघ २ माघी, भदौ १४ गते कृष्ण जन्माष्टमी र फागुन ३ गते प्रदेश स्थापना दिवसमा प्रदेशभर नै बिदा दिने निर्णय गरेको छ । यस्तै स्थानीय तहको निर्णयअनुसार वर्षमा एक दिन स्थानीय बिदा गर्न पाउने व्यवस्था गरिएको छ । निश्चित पर्व मनाउने समुदायका लागि भुमे पूजा रोल्पा र पुर्वी रुकुम, बडका अतवारी दाङ, बाँके र बर्दियामा, रमजान पर्वमा मुस्लिम समुदायका लागि र भगवती जात्रामा पाल्पामा बिदा स्वीकृत गर्ने निर्णय गरिएको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया