
लुम्बिनी प्रदेशमा थपिए सार्वजनिक विदा, मन्त्रिपरिषदले ग¥यो निर्णय

बुटवल ।
लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको सातौ हिउँदे अधिवेशन यही चैत १८ गतेका लागि आह्वान गर्न सिफारिस गरेको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
यस्तै बैठकले लुम्बिनी प्रदेशमा सार्वजनिक विदा समेत तोकेको छ । प्रदेशमा सार्वजनिक र पर्व बिदा थप गर्ने निर्णय सरकारले गरेको हो । सरकारले मुस्लिम समुदायको पर्व बकर इद, माघ २ माघी, भदौ १४ गते कृष्ण जन्माष्टमी र फागुन ३ गते प्रदेश स्थापना दिवसमा प्रदेशभर नै बिदा दिने निर्णय गरेको छ । यस्तै स्थानीय तहको निर्णयअनुसार वर्षमा एक दिन स्थानीय बिदा गर्न पाउने व्यवस्था गरिएको छ । निश्चित पर्व मनाउने समुदायका लागि भुमे पूजा रोल्पा र पुर्वी रुकुम, बडका अतवारी दाङ, बाँके र बर्दियामा, रमजान पर्वमा मुस्लिम समुदायका लागि र भगवती जात्रामा पाल्पामा बिदा स्वीकृत गर्ने निर्णय गरिएको छ ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया