

राष्ट्रिय जनगणना २०७८ का लागि कपिलवस्तुमा तयारी थालियो



कपिलबस्तु ।
राष्ट्रिय जनगणना २०७८ का लागि कपिलवस्तुमा तयारी थालिएको छ । जिल्ला जनगणना कार्यालय कपिलवस्तुले विभिन्न निकायसँगको अन्तरक्रिया तथा विचार गोष्ठिको आयोजनाग गर्दै जिल्लामा जनगणनाका क्रममा सबैको प्रतिनिधित्व हुने गरी तयारी गरेको हो ।
जनगणनाका लागि जिल्ला जनगणना कार्यालय कपिलबस्तुले शुक्रबार सरोकारवालाहरुसँग जिल्लास्तरीय सचेतना गोष्ठी गरेको छ ।
कार्यक्रममा कपिलवस्तु जिल्ला जनगणना अधिकारी नन्दलाल कुर्मीले यसपटक मेरो गणना मेरो सहभागिता भन्ने नाराका साथ राष्ट्रिय जनगणना हुन लागेको जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला जनगणना अधिकारी कुर्मीले जनगणनाको परिचय, उद्देश्य, महत्व तथा संक्षिप्त इतिहास, जनगणना, सञ्चालनको कानूनी प्रावधान, गणना विधि, संगठन संरचना र समन्वय संयन्त्र प्रश्नावली सम्वन्धी विषयक्षेत्रहरु, राष्ट्रिय जनगणना २०७८ र जनगणना सम्बन्धी मुख्य दिनहरु र जनगणना कार्यालय कपिलवस्तुको वारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले हरेक नेपालीको घरघरसम्म पुगेर ‘मोडिफाइड डिजुरे मेथड’ विधि प्रयोग गरेर २०७८ सालको जनगणना हुने बताए । नेपालमा पहिलो पटक जनगणना लिने कार्य वि. सं. १९६८ साल देखि शुरु भएको थियो । जनगणना प्रत्येक १० वर्षमा एक पटक गर्ने गरिन्छ ।
कार्यक्रममा जिल्ला समन्वयका सभापति नारायण प्रसाद खनालले जनगणनाको बारेमा प्रत्येक पालिकाले बढी चासो लिनु पर्ने बताए । प्रत्येक पालिककाको लागि यो महत्वपूर्ण विषय पनि रहेको उनले बताए । गणकहरुले प्रत्येक घर धुरीको विवरण लिन घर घरमा पुग्नु पर्ने सभापति खनालले बताए ।
कुनै पनि विकासको काम गर्नको लागि जनगणना धेरै अवश्यक रहेको शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले बताए । नागरिकलाई समृद्ध, सबल र सक्षम बनाउन यसले महत्वपूर्ण भुमिका खेलको उनले बताए ।
जनगणनाले स्थानिय तहको कार्ययोजना बनाउनको लागि यसेको भुमिका महत्वपूर्ण रहेको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताए । यसले जनसंख्या दोहोरिन नदिनको लागि गणकहरु विशेष चनाखो हुनु पर्ने उनले बताए ।
कार्यक्रममा मायादेवि गाँउपालिकाका अधयक्ष बजरंगी कुर्मी, उपाध्यक्ष गिता तिवारी, कपिलबस्तु नगरपालिकाका उपप्रमुख चक्र अर्याल, कपिलबस्तु नगरपालिककी उप प्रमुख लक्ष्मी गुप्ता, विजयनगर गाँउपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी लगायत विभिन्न कार्यालयका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया