

कपिलवस्तुमा कडाई, कृष्णनगरमा हेल्थ डेस्क स्थापना, सीमा भने खुल्लै



राजेन्द्र खनाल
कपिलवस्तु ।
छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्यामा बृद्धि भए पछि कपिलवस्तुमा पनि कडाई गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै भारतमा संक्रमितको दर बढदै गएको र मृत्युदरमा समेत बृद्धि भएको जनाउँदै खुला सीमानाको कारण कपिलवस्तुमा पनि संक्रमण फैलन सक्ने भन्दै सूचना जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार नजिकै आएको फागु पूर्णिमा अर्थात होली पर्वमा भिडभाड नगर्न, जबरजस्ती लोेला नहान्न तथा व्यक्तिको इच्छा बिपरित रङ नलगाउन र करकाप नगर्न भनेको छ । त्यस्तै कोरोना जोखिम बढेको भन्दै अनिवार्य मास्क लगाउन आग्रह गरिएको छ भने सामाजिक दुरी कायम गर्दै समय समयमा हात धुन वा स्यानिटाइजरको प्रयोग गर्न आम नागरिकमा आग्रह गरिएको छ ।
स्वास्थ्य सम्बन्धि मापदण्डहरुको पूर्ण पालना गर्दे अनावश्यक भिडभाड हुने गरी ज्ुलुस तथा ¥याली सहित भेला, मेला समारोह नगर्न नगराउन जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आग्रह गरेको छ । सहायक प्रमूख जिल्ला अधिकारी गणेश नेपालीद्धारा जारी सूचनामा कोरोना प्रकोप हुन नदिन सबै स्थानिय तथा नागरिक समाज लगाएतका निकायलाई सचेतनामूलक काम गर्न पनि आग्रह गरिएको छ ।

यसैबिच तत्कालका लागि जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको भए पनि छिमेकी मुलकु भारतबाट नेपाल आउने नेपालीहरु निर्वाध रुपमा नेपाल प्रवेश गरिरहेका छन् । अहिले भारतमा तिव्र गतिमा दोस्रो लहरको रुपमा कोरोना फैलिरहेका बेला विभिन्न रोजगारीका लागि भारत गएकाहरु नेपाल भित्रता सीमा नाकामा कुनै चेकजाँच तथा कडाई गरिएको छैन । जसका कारण कपिलवस्तुमा फेरी कोरोनाको अर्काे लहर आउन सक्ने जोखिम पनि निम्तिएको छ । सरकारले परिस्थिति हेरेर लगडाउन वा निषेधाज्ञा गर्ने भनिरहेका बेला सीमा नाका खुल्ला छोड्दा भारतीय भुमिबाट नेपाल आउने नागरिकहरुबाट कोरोना फैलने उच्च जोखिम देखिएको हो ।
कोरोनाको अर्काे लहर आउन सक्ने जोखिमलाइै ध्यानमा राख्दै आज जिल्लाको कृष्णनगर नाकामा हेल्थ डेस्क स्थापना गरिएको स्वास्थ्य कार्यालय कपलवस्तुका फोकल पर्सन उमेश घिमिरेले जानकारी दिनुभयो । कृष्णनगर नाकामा डेस्क स्थापना गरिए पनि जिल्लाका अन्य सीमा नाकामा भने कुनै चेकजाँचको प्रबन्ध गर्न सकिएको छैन । भारतबाट नेपाल आउने नागरिकहरुको सामान्य तापक्रम जाच्नका लागि सो हेल्थ डेस्क कृष्णनगरमा स्थापना गरिएको हो ।
हाल कपिलवस्तुमा कोरानाका सक्रिय संक्रमित १ जना मात्रै छन भने अहिले सम्म कुल २ हजार ८२ जना संक्रमित भएका छन । त्यस्तै अहिले सम्म कोरोनाका कारण २७ जनाको ज्यान गएको पनि स्वास्थ्य कार्यालयले जनाएको छ ।
सीमा नाका खुल्लै रहँदा फेरी पनि कोरोना भाईरस नेपालका गाउँ गाउँमा पुग्ने देखिएको छ ।


खबर सबै
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री
-
प्रधानमन्त्री बालेनले लेखे – प्रिय जेनजी सुशासन कायम हुने नै छ
-
वालेनलाई सुशीलाको सन्देशः राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ
-
चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने
-
प्रधानमन्त्री बालेनले लेखे – प्रिय जेनजी सुशासन कायम हुने नै छ
-
वालेनलाई सुशीलाको सन्देशः राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ
-
चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने
-
हङकङले दियो नेपाललाई २६२ रनको लक्ष्य
-
आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा
-
रसुवा बाढीका मृतकहरुकाे सम्झनामा बाणगंगामा श्रद्धाञ्जली तथा शोकसभा






प्रतिक्रिया