

भिडभाड नगर्न गुल्मी प्रशासनको आग्रह



गुल्मी ।
भारतमा कोरोना संक्रमणको दर बढेसँगै लुम्बिनी प्रदेशको पहाडी जिल्ला गुल्मीमा सतर्कताका कदम चालिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले भिडभाड, जुलुस तथा ¥याली गर्न रोक लगाएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले संक्रमण बढ्न नदिन स्वास्थ्य मापदण्ड पालना गर्न सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले बताउनुभयो । यसपटकको फागु पर्व पनि परिवारभित्र मात्रै मनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।
यसैगरी मास्क अनिवार्य रुपमा लगाउन, भौतिक दूरी कायम गर्न तथा साबुनपानीले हात धुने कार्य गर्न पनि प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ । होटल, रेष्टुरेन्ट तथा मदिरा बिक्री वितरण गर्ने पसल व्यवसाय राति ८ बजेपछि बन्द गर्ने निर्णय भएको छ ।
सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने पनि निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिनुभयो ।


खबर सबै
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की






प्रतिक्रिया