

परिस्थिति हेरेर लकडाउन हुन सक्छ : स्वास्थ्य मन्त्रालय


काठमाडौं । सरकारले संक्रमित संख्या उच्च भएमा परिस्थितीअनुसार लकडाउनको निर्णय लिने जनाएको छ ।
केही दिनयता छिमेकी मुलुक भारतसहित विश्वका अन्य देशमा कोरोना संक्रमित बढिरहेको र नेपालमा पनि त्यस्तै अवस्था बन्न गएपछि पुनः लकडाउन हुन्छ भन्ने त्रास नागरिकहरुमा देखिएको छ । आम रुपमा यस्तो त्रास देखिरहँदा स्वास्थ्य मन्त्रालयले संक्रमितको संख्या उच्च हुन गए परिस्थिति आकलन गरेर निर्णय गरिने बताएको हो ।
बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा समीर अधिकारीले संक्रमितको संख्या बढ्दै गए परिस्थिति अनुसार अघि बढ्ने बताए ।
‘संक्रमणको अवस्था बिग्रिएमा सरकारले जनस्वास्थ्यका मापदण्ड कार्यान्यवनमा कडाइ गर्नेछ’ अधिकारीले भने, ‘संक्रमति संख्या बढ्दै गए परिस्थितीअनुसार लकडाउनको निर्णय हुनसक्छ ।’
जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गर्दै उनले चैत १५ र १६ गते मनाइने फागू पर्वलाई घरमै रहेर मनाउन अपिल गरे ।
बैशाख १ गते मनाइने सुदुरपश्चिमको विसु पर्वलाई पनि सतर्कताका साथ मनाउन उनले आग्रह गरे ।
पछिल्लो समय छिमेकी मुलुक भारतमा संक्रमितको दर बढिरहेको र नेपालीहरु स्वदेश फर्कने क्रम बढेको भन्दै उनले नाकामा हेल्थ डेक्स व्यवस्था गरिने बताए ।
मन्त्रालयका अनुसार मुलुकमा पछिल्लो २४ घन्टामा १४५ संक्रमित थपिएका छन् । ३,९६३ पीसीआर परिक्षण हुँदा १ जनाको मृत्यु भएको छ । कूल संक्रमित संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ भने मृतक संख्या ३०२० पुगेको छ । अहिले नेपालमा ११८३ सक्रिय संक्रमित छन् ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया