

कोईली नदीमा पुल : ६० प्रतिशत निर्माण कार्य सम्पन्न



राजेन्द्र खनाल
कपिलवस्तु ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ८ र ९ लाई जोड्ने एक मात्र सडकखण्ड अन्र्तगतको कोईली नदीमा निर्माणाधिन पुलको ६० प्रतिशत निर्माण सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास कार्यक्रम अन्र्तगत गत असोज २० बाट निर्माण सुरु भएको सो पुलको लम्बाई २२ मिटर रहेको छ भने ८ मिटर ४० सेन्टी रहने गरी निर्माण भईरहेको आयोजनाका साईट इन्जिनियर विरजा पौडेलले जानकारी दिनुभयो । लामो समय देखि पुल नहुँदा स्थानियले निर्माण गरेको काठको पुलबाट आवतजावत गर्ने दुई वडाका नागरिकहरुलाई निर्माण भईरहेको आर.सिटी मोटरेबल ब्रिज सम्पन्न भए पछि भने सहजता थपिने भएको छ ।
महेश इन्जीनियरिङ एण्ड बिल्डर्स नवलपरासीले बनाईरहेको सो पुल सम्झौता भएको मितिले १८ महिनामा सम्पन्न गर्नुपर्ने छ । तर सम्झौताको समयावधि भन्दा पहिले नै निर्माण सम्पन्न हुने साईट इन्जिनियर पौडेलले बताउनुभयो । अबको २ देखि ३ महिनामा पुल तयार हुने उहाँको भनाई छ ।
वाणगंगा नगरपालिका र वडा नम्बर ८ को पहलमा पुलको डिपिआर तयार गरी गत असोज महिना देखि निर्माण सुरु भएको थियो । करिब चार करोडको लागतमा बन्न लागेको सो पुलको निर्माणले वडा नम्बर ८ को कोईलीपार गाउँका करिब २५ परिवारलाई यतायताको सहज पहुँच पुग्ने छ भने सो सडकखण्ड भएर वाणगंगा ९ भलवाड हुदैँ अर्घाखाँचीको सितगंगा नगरपालिका स्थित गोरुसिँगे सन्धिखर्क सडकखण्डमा सोझै जोड्ने सडकमार्ग बन्ने छ ।


खबर सबै
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री
-
प्रधानमन्त्री बालेनले लेखे – प्रिय जेनजी सुशासन कायम हुने नै छ
-
वालेनलाई सुशीलाको सन्देशः राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ
-
चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने
-
प्रधानमन्त्री बालेनले लेखे – प्रिय जेनजी सुशासन कायम हुने नै छ
-
वालेनलाई सुशीलाको सन्देशः राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ
-
चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने
-
हङकङले दियो नेपाललाई २६२ रनको लक्ष्य
-
आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा
-
रसुवा बाढीका मृतकहरुकाे सम्झनामा बाणगंगामा श्रद्धाञ्जली तथा शोकसभा






प्रतिक्रिया