
नेकपा नाम विवादमा सर्वाेच्च जाने माओवादी केन्द्रको निर्णय

काठ्माण्डौँ ।
माओवादी केन्द्रले नेकपा नाम विवादमा सर्वोच्च अदालतले २३ फागुनमा गरेको फैसलाको पुनरावलोकनमा जाने निर्णय गरेको छ । मंगलबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बसेको पार्टी स्थायी कमिटी बैठकले फैसलाको पुनरावलोकनमा जाने निर्णय गरेको हो ।
मंगलबार कानुन व्यवसायीहरूसँग छलफलपछि माओवादी केन्द्रले फैसलाको पुनरावलोकनमा जाने निर्णय गरेको पार्टी स्थायी कमिटी सदस्य मातृका यादवले बताए । छलफलमा सहभागी भएका वरिष्ठ अधिवक्ता शम्भु थापा, रामनारायण बिडारी, अधिवक्ताहरू मुक्ति प्रधान, दीनमणि पोखरेललगायतले पुनरावलोकनमा जान सकिने सुझाब दिएका थिए ।
नेकपाको नाममा आधिकारिकताको दाबी गर्दै ऋषिराम कट्टेलले दुई वर्षअघि दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको पार्टीलाई अवैध भएको फैसला सुनाएको थियो । फैसलामा सर्वोच्चले एमाले र माओवादी केन्द्रले एकतापश्चात् राखिएको नाम बदर हुने र एकता गर्ने भए १५ दिनको म्यादसहित आह्वान गर्न निर्वाचनलाई आयोगलाई आदेश दिएको थियो ।
सर्वोच्चको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र २ जेठ ०७५ भन्दा पहिलेको अवस्थामा फर्किएका छन् । तर, फैसला आउनुअघि नै अन्तर्संघर्षका कारण फरक गतिविधि गरिरहेको एमालेभित्रको वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह भने अहिले पनि समानान्तर कार्यक्रम गरिरहेको छ ।
एमाले अध्यक्ष केपी ओलीले समानान्तर गतिविधि गरेको भन्दै सोमबार खनाल–नेपाल समूहका चारजना नेतालाई स्पष्टीकरणपत्र पठाएका छन् । यही समयमा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले भने फैसला पुनरावलोकनमा जाने निर्णय गरेको छ । नयाँ पत्रिकामा समाचार छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया