

तीन वर्षमा ७० हजारले गराए कपिलवस्तुमा स्वस्थ्य बिमा



कपिलवस्तु ।
स्वास्थ्य बिमा कार्यक्रम लागु भएको ३ बर्ष भित्रमा कपिलवस्तु जिल्लामा ७० हजार मानिसले स्वास्थ्य बिमा गराएका छन । अस्पतालहरुको सेवा र अस्पताल बढ्दै गएकाले पहिलेको तुलनामा बिमा कार्यक्रम राम्रो हुदै गएको हो ।
प्रत्येक वडामा एक जना एक जना दर्ता सहयोगी हुने भएकाले दर्ता सहयोगी सँग सम्पर्क गरेमा घर घरमै गई बिमा गरिदिने कपिलवस्तु स्वास्थ्य बिमा बोर्डका दर्ता अधिकारी सुजाता महजर्नले जानकारी दिनु भएको छ। उहाँका अनुसार २०७४ चैत्र महिना देखि बिमा कार्यक्रम लागु भएदेखि आज सम्म कपिलवस्तुमा ८ हजार २ सय ४ घरधुरीका ७० हजारको हाराहारीका नागरिकको स्वास्थ्य बिमा भएको छ। कतिपय नागरिकले जतिबेला बिरामी भयो उतिबेला अस्पतालले स्वास्थय बिमा गराउन भनेको खण्डमा मात्र स्वास्थ्य बिमा गर्ने गरेको पाईएकोले स्थानिय सरकारका जनप्रतिनिधिले पनि सकारात्मक कुरा राखिदिएमा बिमा कार्यक्रमले अझ सफलता पाउने पनि उहाँको भनाई छ ।
अति बिपन्न र अति गरिब नागरिकको बिमा सरकारले आफै बिमा गरिदिने ब्यबस्था रहेको छ । स्वास्थ्य बिमा गरे पछि स्वास्थ्य बिमामा सुचिकृत भएका १८ सय भन्दा माथिका औषधि निशुल्क पाउने ब्यबस्था रहेको छ। आकस्मिक सेवा, बहिरंग सेवा, अंतरअंग सेवा र निदानात्मक सेवा निशुल्क रहेको पनि दर्ता अधिकारी मर्हजनले जानकारी दिनु भयो ।
सुरु सुरुमा बिमाको बारेमा जानकारी नहुदाँ बिमा गर्न नमान्ने तर हस्पिटलमा डक्टरहरुले बिमा गराउन आग्रह गरे पछि बिमा गर्ने गरेको बिमा दर्ता सहयोगी संगिता भुसालले बताउनु भयो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया