

नेपाल सुपर लिगमा चार खेलाडी महङ्रगो रकममा अनुबन्ध


काठमाण्डौ ।
नेपाल सुपर लिग फुटबलका लागि खेलाडीको ‘अक्शन’ अर्थात् अनुबन्धको पहिलो चरणमा चार खेलाडी महँगो मूल्यमा अनुबन्ध भएका छन् । गोलकीपर दीप कार्की, मिडफिल्डर तेज तामाङ र सुनिल बल तथा गोलकीपर विशाल सुनुवार अधिकतम मूल्य दुई लाख रुपैयाँमा अनुबन्ध भएका हुन् ।
दीप कार्की पोखरा थन्डर्स, तेज तामाङ काठमाण्डौ रेन्जर्स, सुनिल बल विराटनगर सिटी र विशाल सुनुवार एफसी चितवनमा अनुबन्ध भएका छन् । तर राष्ट्रिय टिमका स्ट्राइकर जर्ज प्रिन्स कार्की, प्रिजेन तामाङ, कर्ण लिम्बु, दीपक राई भने अनुबन्ध हुन सकेनन् ।
लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाण्डौ रेन्जर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।
लिग दशरथ रङ्गशालामा आउँदो वैशाख ११ गतेदेखि २५ गतेसम्म चल्नेछ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया