

वाणगंगाका विद्यालयमा नगरपालिकाको टोलीद्धारा अनुगमन



राजेन्द्र खनल
कपिलवस्तु ।
कपिलवस्तुको वाणगंगा नगरपालिकाका भित्रका सामुदायिक विद्यालयमा नगरको एक टोलीले अनुगमन थालेको छ ।
वाणगंगा नगरपालिका भित्र संचालित सामुदायिक विद्यालयहरुको भौतिक अवस्था सँगै समग्र विद्यालयको शैक्षिक अवथाको यकिन जानकारी लिने गरी नगरपालिकाका मेयर मंगलप्रसाद थारुको संयोजकत्वमा युवा खेलकुद तथा शिक्षा शाखाको टोलीले अनुगमन थालेको हो ।

वाणगंगाका ११ वटै वडामा रहेका सामुदायिक विद्यालयमा अहिले तेस्रो त्रैमासिक परिक्षा संचालन भईरहेका बेला नगर प्रमूखको संयोजकत्वमा निरिक्षण र विद्यालयको वस्तविक अवथाबारे जानकरी लिने गरी अनुगमन थालिएको नगरका शिक्षा शाखा प्रमूख बाबुराम भट्टराईले बताउनुभयो । उहाँका अनुसार नगरपालिका भित्र संचालित सामुदायिक विद्यालयहरुले अवलम्बन गरेका शैक्षिक रणनिति तथा विद्यालयले पालना गर्नुपर्ने काम कर्तव्य र नियमहरुको पूर्णँ कार्यान्वयनको अवस्थाबारे जानकारी लिने काम अनुगमन टोलीले गरको छ ।

वाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित जनसेवा आधारभूत विद्यालयमा बुधबार पुगेको अनुगमन टोलीमा मेयर मंगल प्रसाद थारु सहित शिक्षा शाखा प्रमूख बाबुराम भट्टराई, नगरका शिक्षा शाखा अधिकृत खिमबहादुर जि.सी, वाणगंगा मावि सिद्धिपुरका प्रधानाध्यापक रामप्रसाद भण्डारी लगाएत रहनुभएको थियो । त्यस्तै अनुगमनका लागि नगर उपप्रमूख चक्रपाणी अर्यालको संयोजकत्वमा पनि टोली परिचालन भएको छ । दुवै टोलीले विद्यालयहरुमै पुगि शिक्षकहरुसँगको परामर्श सहित आवश्यक सुझाव पनि पेश गर्ने गरेका छन् ।
आज मात्रै वडा नम्बर २ सहित वडा नम्बर ७,८ र ९ मा रहेका विद्यालयहरुको अनुगमन गरिएको शिक्षा शाखा अधिकृत खिमबहादुर जि.सीले जानकरी दिनुभयो । यस अघि वडा नम्बर १० मा पनि टोलीले अनुगमन गरेको थियो ।
विशेष गरी विद्यालयहरुले नियमित गर्नुपर्ने कामहरु भए वा नभएको, विद्यालयमा विद्यार्थीहरुको संख्या र उपस्थितिलाई पनि हेर्ने गरिएको छ ।
अनुगमनका क्रममा शिक्षा शाखा प्रमूख भट्टराईले विद्यालयमा प्रधानाध्यापक र शिक्षकहरुले अनिवार्य गर्नुपर्ने नियमित कामहरुलाई प्रभावकारी बनाईराख्न आग्रह पनि गर्नुएको छ ।


खबर सबै
-
रसुवा बाढीका मृतकहरूको सम्झनामा कृष्णानगरमा दीप प्रज्वलन
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाली कांग्रेसको एक करोड रुपैयाँ सहयोग प्रदान
-
एनपीएलको टिकेटिङ पार्टनरमा इसेवा
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विद्युत् आयोजनाका सुरुङमा १२१ जना मात्रै फसेका छन् : नेपाली सेना
-
कपिलवस्तु : गोमन सर्पले डस्यो, उपचारमा ढिलाइ हुँदा १३ वर्षीया बालिकाको मृत्यु
-
ब्रेक थ्रु’ नभएसम्म जलविद्युत टनेलमा खोज जारी रहन्छ’
-
विपद्मा एकताबद्ध हुन राष्ट्रपतिको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
-
नेपालको बाढी : विश्व समुदायले अब जिम्मेवारी लिनुपर्छ
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’






प्रतिक्रिया