

संसद पुनर्स्थापित भएपछिकाे तेस्रो बैठक आज बस्दै



काठमाडाैँ
प्रतिनिधि सभाको बैठक आज बस्दैछ । आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने बैठकमा कुनै कार्यसूची भने राखिएकाे छैन ।
आजको बैठकमा शाेक प्रस्ताव पारित गर्ने बताइएकाे छ । यसका अतिरिक्त सभामुख उपस्थित नभएका बेला सभाको अध्यक्षता गर्ने प्यानलमा रहने सांसदहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको छ ।
संसद पुनर्स्थापित भएपछि आज तेस्रो पटक बैठक बस्न लागेको हो । यस अघि सरकारले विभिन्न अध्यादेश पेश गर्न लागेपछि प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेपछि केहीबेर स्थगित गरिएको बैठक आजका लागि सारिएको थियो ।
यसअघि आज बस्ने प्रतिनिधिसभा बैठकको कार्यसुचि तय गर्नका लागि हिजो कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । प्रतिनिधि सभा कार्यब्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधिसभा बैठकको कार्यसूची भने तय गर्न सकेको थिएन ।


खबर सबै
-
बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?






प्रतिक्रिया