

ओलीको फोन प्रचण्डलाई , भेटौँ न



काठमाडौं
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटको प्रस्ताव गरेका छन् ।
माधवकुमार नेपाल समूहले छुट्टै राष्ट्रिय भेला बोलाएपछि दबावमा परेका ओलीले आइतबार साँझ प्रचण्डलाई फोन गरेका थिए । उनले प्रचण्डलाई ‘भेटौं न’ भनेको उच्च स्रोतको दाबी छ ।
तर प्रचण्डले भेटका लागि रुची नदेखाएका स्रोतले बताएको छ । माओवादीका एक स्थायी कमिटी सदस्य भन्छन्, ‘पार्टीको बैठक चलिरहेको छ । बैठक सकेपछि खबर गरौंला भन्नुस् भनेका थियौं । के गर्नु हुन्छ ?’
संसद विघटनपछि साबिकको नेकपामा दुई समूहमा विभाजित नेताहरु २३ फागुनको सर्वोच्च फैसलासँगै एमाले र माओवादीमै फर्किएका छन् ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले जनता समाजवादी दलको मसर्थन लिने प्रयास गरिरहेका छन् भने प्रचण्ड कांग्रेस, माओवादी र जसपाको सरकार बनाउने प्रयासमा छन् ।


खबर सबै
-
बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?






प्रतिक्रिया