२१ सदस्सीय समिति बनाउँदै सकियो अखिल नेपाल जनजाति सम्मेलनको अधिवेशन

कपिलवस्तु ।
अखिल नेपाल जनजाति सम्मेलन कपिलवस्तु जिल्लाको द्रोसो अधिवेशन सोमबार कपिलवस्तुको चन्द्रौटामा सम्पन्न भएको छ ।
नर बहादुर घर्ति मगरको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय अध्यक्ष नीम बहादुर बुढा मगरले गर्नु भएको थियो । उद्घाटन गर्दै उहाँले जनजातिहरुको मौलिक हक अधिकार यो व्यवस्थाले गर्न नसकेको बताउँनुभयो ।

जनजातिहरुको समस्या जातीय समस्या नभई वर्गीय समस्या भएको उहाँको भनाई थियो । अन्य संगठनले जातीय मुद्धा मात्र उठाउने गरेको, जनजाति हरुलाई विभिन्न खाले एनजीओ ,आई एनजीओ, जातिवादी समूहहरुले प्रयोग गरेको बताउँदै जनजाति हरू सचेत हुनु पर्ने बुढामगरले बताउनुभयो । कार्यक्रममा वामपन्थी नेता सुरेश थापाले देशको वर्तमान राजनैतिक अवस्था को बारेमा आफ्ना विचार प्रकट गर्नुभएको थियो ।

यस्तै सम्पन्न अधिवेशनमा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय महासचिव उषा पुन, किसान संघ, का केन्द्रीय उपाध्यक्ष शिव पौडेल, अन्तुक केन्द्रीय सदस्य केयर सिंह अदै, नेकपा मसाल जिल्ला प्रवक्ता छविलाल गैरे, जनजाति सम्मेलनका केन्द्रीय सदस्य राम बहादुर पुनले मन्तव्य राख्नु भएको थियो । जनजाति सम्मेलन प्रदेश इन्चार्ज राम बहादुर जी एम, प्रदेश सदस्य विमल श्रीस्, र राष्टिय जनमोर्चा निकटका विभिन्न जनवर्गीय संगठन प्रमुखहरुको आतिथ्यता रहेको थियो ।

अधिवेशनले नर बहादुर घर्ति मगरको अध्यक्षता मा ९ पूर्ण, २ वैकल्पिक, ४ सल्लाहकार गरी २१ सदस्सीय अखिल नेपाल जनजाति सम्मेलन कपिलवस्तु जिल्ला समिति चयन गरेको छ,। जस् अनुसार उपाध्यक्ष छविलाल सिंजाली, सचिव केर सिंह पुन, कोष अध्यक्ष रमनी सिँजापति, सदस्य हरू, पवित्रा रोका, भक्त बहादुर थापा, सन् बहादुर गुरुङ, कर न पुन, बेगम बुढा, वैकल्पिक सदस्य खगेन्द्र पुन, मोहन चौधरी, र सल्ला कार मा मान बहादुर सिन्जापती, अमृत आले,लाल बहादुर चौधरी, र बबिता सारु रहनु भएको छ ।

नव निर्वाचित समिति लाई राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष दधिराम आचार्य र अखिल नेपाल जनजाति सम्मेलन प्रदेश नं ५ का इन्चार्ज राम बहादुर जिमले बधाई तथा शुभ कामना दिनु भएको थियो । रक्तिम सांस्कृतिक अभियान का कलाकारहरुले गीत तथा नित्य प्रस्तुत गरेका थिए । कार्यक्रम सञ्चालन छबिलाल सिंजालीले र स्वागत केयर सिंह पुनले गर्नु भएको थियो ।

प्रतिक्रिया

खबर सबै