

यशोधरामा महिला सिपबिकास कार्यक्रमहरुको अनुगमन



कपिलबस्तु ।
महिलालाई उद्यमी र ब्यबसायी बनाउन सके आर्थिक तथा सामाजिक रुपमा नै परिवर्तन हुने भन्दै दलित सामाजिक बिकास केन्द्र कपिलबस्तु र युनाइटेड मिशन टु नेपाल संस्थाको सहयोगमा संचालित हाम्रो पहुच परियोजना अन्र्तगतका कार्यक्रमहरुको अनुगमन गरिएको छ ।
परियोजना अन्र्तगत संचालित यशोधरा गाउपालिका ६ का विभिन्न स्थानमा महिलाहरुको समुहले आयआर्जन मुलक कामहरुको जानकारी लिने उद्धेश्य सहित दलित सामाजिक बिकास केन्द्र, गाउपालिकाका जनप्रतिनिधि, लगायत पत्रकारहरुले अनुगमन गरेका हुन् ।
महिलाले उद्यम गरेर आर्थिक क्रियाकलापमा वृद्धि गर्न सक्ने बनाउन परियोजनाले उद्यमीहरुलाई प्रोत्साहन दिदैँ लिएर आबश्यक सहयोग पनि गर्दै आएको छ । उद्यमीले निर्धक्क भएर आफ्ना उद्यम र व्यवसायलाई अगाडी बढाउन सक्छन्
यशोधरा गाउपालिका ६ का वडाध्यक्ष श्याम नारायण उपाध्यायले महिलाहरुलाई ब्यबसायिक बनाउन परियोजनाले सिप बिकासका बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताएका छन् । थोरै लगानीमा पनि ब्यबसाय सञ्चालन गर्न सकिने किसिमका तालिमहरु बाट महिला आत्मनिर्भर हुने र महिलाले पनि राम्रो आम्दानी गर्न सक्ने खालका कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए ।
महिला सशक्तिकरण, आर्थिक ,सामाजिक र राजनैनिक रुपमा पहुच बढाउन लक्ष्य लिएको परियोजनाले अनुगमन टोलीको सल्लाह सुझाव बाट अगामी दिनमा थप कार्यक्रम ल्याउने परियोजना की अधिकृत बिन्दवासिनी हरिजनले बताउनु भएको छ ।


खबर सबै
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की
-
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा
-
सरकारले विदेशसँग माग्यो उद्धार सामग्री
-
प्रधानमन्त्री बालेनले लेखे – प्रिय जेनजी सुशासन कायम हुने नै छ
-
वालेनलाई सुशीलाको सन्देशः राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ
-
चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने
-
प्रधानमन्त्री बालेनले लेखे – प्रिय जेनजी सुशासन कायम हुने नै छ
-
वालेनलाई सुशीलाको सन्देशः राजनीतिक स्थायित्व संसदीय गणितले होइन, शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्छ
-
चार धाम जोडेर ‘रुरु महास्नान’ आयोजना गरिने
-
हङकङले दियो नेपाललाई २६२ रनको लक्ष्य
-
आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा
-
रसुवा बाढीका मृतकहरुकाे सम्झनामा बाणगंगामा श्रद्धाञ्जली तथा शोकसभा






प्रतिक्रिया