

तुलसीपुरमा इसियू भवनको शिलान्यास



दाङ ।
तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा आइसियू भवन निर्माणको काम सुरू भएको छ ।
शनिबार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले आइसियू भवनको सिलान्यास गरेका हुन्।
तुलसीपुका सबइन्जिनियर महेश भण्डारीले ६ देखि ८ बेडसम्मको आइसियू कक्ष निर्माण हुन लागेको जानकारी दिए।
जसका लागि कुल लागत ३१ लाख ४७ हजार ३ सय ९६ रुपैयाँ लागत इष्टिमेट गरिएकोमा ठेकेदार कम्पिनीसँग २१ लाख ४४ हजार ५ सय ७५ रुपैयाँमा सम्झौता भएको भण्डारीले बताए।
आइसियू भवन निर्माणको जिम्मा दाङ घोराहीकै ओसिस कन्स्ट्रक्सन निर्माण कम्पनीले लिएको छ।
फागुन ९ गते सम्झौता भएको आइसियू भवन निर्माणको कायम आउने जेठ अन्तिमसम्म सक्नुपर्ने उल्लेख छ।
भवन सिलान्यासपछि सम्बोधन गर्दै पाण्डेले आफू निर्वाचित भएर आइसकेपछि तुलसीपुर क्षेत्रको स्वास्थ्यमा परिवर्तनको सुरूआत गरेको दाबी गरे।
‘म निर्वाचित भएर आउँदै गर्दा प्रादेशिक अस्पतालमा रक्तसञ्चार सेवा, डायलासिस सेवा, राम्रो प्रयोगशाला सेवा सञ्चालनमा थिएनन्,’ मेयर पाण्डेले भने, ‘तर, आज ती सबै कुरालाई अहिले क्रमशः निर्माण गर्दै आएका छौं।’
तुलसीपुरमा अस्पतालमा आइसियू बेड नहुँदा इमर्जेन्सी बिरामीहरूलाई अन्यत्र पठाउनुपर्ने बाध्यता रहँदै आएको थियो।
आइसियू भवन निर्माण कार्य पूरा भएपछि बिरामी बाहिर पठाउनु पर्ने बाध्यताको अन्त्य हुने आशा राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर विनोद सिंहले व्यक्त गरे।
उनले हाल ६ बेडको आइसियू भवन निर्माणको काम सुरू भएको भन्दै भविष्यका लागि ५० बेडको आइसियू कक्ष निर्माण गरिने बताए।
‘कोभिड(१९को महामारीको समयमा यहाँ आइसियू भवन नहुँदा बेलझुण्डी राख्नुपर्यो,’ उनले भने,‘अहिले त्यहाँबाट सार्न पटक–पटक दबाव आइरहँदा उपमहानगरपालिकासँग पहल गरेर यो भवन निर्माण गर्न लागिएको हो।’
राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष पदमराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर ५ का वडाध्यक्ष वीरेन्द्र शाह लगायतले तुलसीपुर क्षेत्रको स्वास्थ्य सुधारमा सबैको सहयोग आवश्यक पर्ने बताएका थिए।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया