

तुलसीपुरमा इसियू भवनको शिलान्यास

दाङ ।
तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा आइसियू भवन निर्माणको काम सुरू भएको छ ।
शनिबार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले आइसियू भवनको सिलान्यास गरेका हुन्।
तुलसीपुका सबइन्जिनियर महेश भण्डारीले ६ देखि ८ बेडसम्मको आइसियू कक्ष निर्माण हुन लागेको जानकारी दिए।
जसका लागि कुल लागत ३१ लाख ४७ हजार ३ सय ९६ रुपैयाँ लागत इष्टिमेट गरिएकोमा ठेकेदार कम्पिनीसँग २१ लाख ४४ हजार ५ सय ७५ रुपैयाँमा सम्झौता भएको भण्डारीले बताए।
आइसियू भवन निर्माणको जिम्मा दाङ घोराहीकै ओसिस कन्स्ट्रक्सन निर्माण कम्पनीले लिएको छ।
फागुन ९ गते सम्झौता भएको आइसियू भवन निर्माणको कायम आउने जेठ अन्तिमसम्म सक्नुपर्ने उल्लेख छ।
भवन सिलान्यासपछि सम्बोधन गर्दै पाण्डेले आफू निर्वाचित भएर आइसकेपछि तुलसीपुर क्षेत्रको स्वास्थ्यमा परिवर्तनको सुरूआत गरेको दाबी गरे।
‘म निर्वाचित भएर आउँदै गर्दा प्रादेशिक अस्पतालमा रक्तसञ्चार सेवा, डायलासिस सेवा, राम्रो प्रयोगशाला सेवा सञ्चालनमा थिएनन्,’ मेयर पाण्डेले भने, ‘तर, आज ती सबै कुरालाई अहिले क्रमशः निर्माण गर्दै आएका छौं।’
तुलसीपुरमा अस्पतालमा आइसियू बेड नहुँदा इमर्जेन्सी बिरामीहरूलाई अन्यत्र पठाउनुपर्ने बाध्यता रहँदै आएको थियो।
आइसियू भवन निर्माण कार्य पूरा भएपछि बिरामी बाहिर पठाउनु पर्ने बाध्यताको अन्त्य हुने आशा राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर विनोद सिंहले व्यक्त गरे।
उनले हाल ६ बेडको आइसियू भवन निर्माणको काम सुरू भएको भन्दै भविष्यका लागि ५० बेडको आइसियू कक्ष निर्माण गरिने बताए।
‘कोभिड(१९को महामारीको समयमा यहाँ आइसियू भवन नहुँदा बेलझुण्डी राख्नुपर्यो,’ उनले भने,‘अहिले त्यहाँबाट सार्न पटक–पटक दबाव आइरहँदा उपमहानगरपालिकासँग पहल गरेर यो भवन निर्माण गर्न लागिएको हो।’
राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष पदमराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर ५ का वडाध्यक्ष वीरेन्द्र शाह लगायतले तुलसीपुर क्षेत्रको स्वास्थ्य सुधारमा सबैको सहयोग आवश्यक पर्ने बताएका थिए।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया