
देउवाले पाए प्रधानमन्त्री बन्न ग्रीन सिग्नल

काठमाडौँ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्रीको रुपमा शेरबहादुर देउवालाई अगाडी सारेको छ ।
शुक्रबार बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले नयाँ सरकार गठन गर्न देउवालाई अगाडी सार्ने निर्णय गरेसँगै अब देउवाले सरकार बनाउन अग्रसरता लिने भएका छन् ।
यसअघि काँग्रेस भित्रको वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षले सरकारमा जान हतार गर्न नहुने बताए पनि शुक्रबार देउवालाई सरकारको नेतृत्व गर्ने बाटो खोलिदिएका हुन् । पौडेल र सिटौलाको ग्रीन सिग्नलपछि देउवालाई अब सरकार गठनमा अग्रसरता देखाउन सहज भएको छ । शुक्रबारनै बसेको पौडेल पक्षको बैठकले देउवालाई प्रधानमन्त्री बन्न समर्थन गर्ने निर्णय गरेको थियो ।
यस अघि पौडेल र सिटौला पक्षले विरोध गरेकाले देउवाले विभिन्न कार्यक्रममा आफु प्रधानमन्त्री नबन्ने स्पष्टीकरण दिदै आएका थिए । तर शुक्रबार एक मतले काँग्रेसले देउवालाई सरकारको नेतृत्व गर्न सहमति दिएपछि उनले पहल शुरु गरेका छन् ।शुक्रबार पदाधिकारी बैठक पछि देउवाले जसपासँग वार्ता समेत गरेका छन् ।
जसपासँगको छलफल ठोस निष्कर्षमा नपुगे पनि अब अर्को छलफल माओवादी केन्द्रसहि गर्ने सहमति भएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया