
ओलीको अतिवादको अन्त्य हुनेछ : योगेश भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले अध्यक्ष केपी ओलीको अतिवादको अन्त्य हुने बताएका छन् । अध्यक्ष ओलीले महासचिवबाहेक सबै पदाधिकारी खारेज लगायतको निर्णयको सही र सशक्त ढंगले प्रतिवाद गर्ने बताए ।
नेपाल पक्षको स्थायी कमिटीको बैठकपछि समाजिक सञ्जालमार्फत भट्टराईले भने, ‘विचलित नहोऔ,धैर्यता र संयमता नगुमाऔँ, सहि र सशक्त ढंगले प्रतिवाद गरौ, एकताको विकल्प छैन, अतिवादको अन्त्य हुनेछ ।’
ओलीले नेपाल पक्षका भट्टराईलाई प्रचार विभाग प्रमुख तथा प्रवक्ताको जिम्मेवारीबाट हटाएर प्रदीप ज्ञवालीलाई तोकिएका छन् । शुक्रबार बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकले एमालेको विदेश विभाग प्रमुखबाट माधव नेपाललाई हटाएर डा. राजन भट्टराईलाई जिम्मेवारी दिएको छ।
प्रदेश १ को इन्चार्जबाट भीम आचार्यलाई हटाएर सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, वागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापा बादल, कर्णालीमा एमलाल कँडेल र सुदूरपश्चिममा भीम रावललाई हटाएर लेखराज भट्टलाई इन्चार्ज तोकेको छ।
गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीमा शंकर पोखरेल भने यथावत रहेका छन्। ओली पक्षीय केन्द्रीय कमिटि बैठकले संगठन विभागको प्रमुखको जिम्मेवारी विष्णु पौडेललाई दिएको छ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया