शुद्धोदन मा.विमा विद्यार्थी स्वागत कार्यक्रम , एक अध्यक्ष भन्छन् १५ महिनासम्म शिक्षक ल्याउन नसक्न्नु विद्यालयको कमजोरी , वडाध्यक्ष भन्छन् एसी सहिताका कक्षा सञ्चालन हुन्छन्

ई–साझाकुरा संवाददाता

कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका स्थित वडा नम्बर ९ जिनुवामा रहेको श्री शुद्धोदन जन जिवन माध्यमिक विद्यालयमा विद्यार्थी स्वागत कार्यक्रम सम्पन्न भएको हो । आज एक भव्य कार्यक्रमको आयोजना गरी कक्षा १२ का विद्यार्थी कक्षा ११ का नव आगन्तुक विद्यार्थी तथा सोही विद्यालयबाट एसईई परीक्षा दिई ११ कक्षामा अध्ययन गर्ने विद्यार्थीलाई कक्षा १२ का विद्यार्थीले स्वागत गरेका थिए ।

वाणगंगा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष धुव्र बेल्वासेको प्रमुख आतिथियता रहेको कार्यक्रममा विद्यालय प्र.अ अनिता कडेल, विद्यालय व्यवस्थापन समिति सदस्य भुवनेश्वर पौडेल, विद्यालय अभिभावक संघका अध्यक्ष कुन्तामणि भुसालको विशिष्ट आतिथियता रहेको थियो भने विद्यालयका सम्पुर्ण शिक्षकहरुको आतिथियता कार्यक्रममा रहेको थियो ।

विद्यालय अभिभावक संघका अध्यक्ष कुन्तामणि भुसाल कार्यक्रममा शुभकामना मन्तव्य दिदैँ भुसालले भने १५ महिना सम्म पनि रिक्त रहेको ठाउँमा शिक्षक ल्याउन नसक्नु, २ वर्ष भन्दा बढी समय बितिसक्दा पनि व्यवस्थापन समितिमा पुर्णता दिन नसक्नु विद्यालयको कमजोरी रहेको कुरामा जोड दिदै कक्षा ११ का विद्यार्थीहरुलाई शैक्षिक सफलताको शुभकामना व्यक्त गर्नुभएको थिए ।

उसो त विद्यालयले लामो समय देखि व्यवस्थापन समितिमा शिक्षक प्रतिनिधि पनि पाएको छैन् । विद्यालयमा लामो समय अध्ययन गराउनु भएका शिक्षक भोजराज आचार्य २०७६ मा र शिक्षक ठाकुर प्रसाद खनाल २०७७ असारमा स्वत अवकाश पाएपछि विद्यालयले उहाँहरुको ठाउँमा नयाँ शिक्षक ल्याउन सकेको छैन् ।
यस्तै प्रमुख अतिथि बेल्वासेले कार्यक्रममा बोल्दै भौतिक संरचना बन्दै गरेको अबस्था पहिलो भन्दा विद्यालय सुधार भएको कुरामा जोड दिनुभएको थियो ।

बेल्वासेले अबको केहि वर्षमा नयाँ संरचना निमार्ण सम्पन्न भई सके पछि सुविधासम्पन्न कक्षाकोठा तथा एसि जोडित कक्षाकोठा हुने कुरामा जोड दिदै विद्यार्थीहरुको उज्जव भविष्यको कामना गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालय प्र.अ अनिता कडेल , कक्षा १२ बी विद्यार्थी धनकला थापाले पनि विद्यार्थीहरुलाई उज्जव भविष्यको कामना सहित शुभकामना व्यक्त गर्नुभएको थियो ।

कक्षा १२ की विद्यार्थी कल्पना अर्यालको अध्यक्ष्ता , कक्षा १२ की विद्यार्थी पबित्रा कुवँरको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन कक्षा १२ की विद्यार्थी पुजा रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

खबर सबै