
सत्तारूढ नेकपा भंग भएपछि पहिलाेपल्ट मन्त्रिपरिषद् बैठक आज बस्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबार (आज) अपराह्न ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ ।
सर्वोच्च अदालतले नेकपाको एकीकरण अमान्य हुने फैसला गरेपछि पहिलोपटक प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो । सत्तारुढ दल नेकपा दल नै नरहेपछि पूर्ववत् रुपमा साविकको नेकपा एमालेको अध्यक्ष एवं सोही दलबाट प्रधानमन्त्री रहेको नाताले ओलीले पहिलो मन्त्रिपरिषद बैठक डाक्नुभएको हो ।
यसपटकको मन्त्रिपरिषद् बैठकलाई चासोका साथ हेरिएको छ । सरकारका नियमित एजेन्डाबारे छलफल हुने स्रोतले जनाए पनि अन्य विषयबारे भने खुलाइएको छैन ।
ब्युँतिएकाे नेकपा माओवादी केन्द्रका नेताहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइरहे पनि यसबारे औपचारिक निर्णय भने भइसकेको छैन । हाल गृहमन्त्री रामबहादुर थापासहित केही मन्त्रीहरु पूर्व माओवादी केन्द्रबाटै सरकारमा छन् ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया