

अनेम संघ कपिलवस्तुद्धारा नारी दिवसका अवसरमा विभिन्न कार्यक्रम सम्पन्न




रिसव आचार्य, कपिलवस्तु
राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघ कपिलवस्तुले आज विभिन्न कार्यक्रम गरि १११ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ। कार्यक्रम अनेम संघ जिल्ला अध्यक्ष कमला पौडेलको अध्यक्षता,जिल्ला सचिव लक्ष्मि खनाल को सन्चालन,जिल्ला सदस्य रिता पाण्डे को स्वागत मन्तव्य सहित अखिल नेपाल किसान महासंघ केन्द्रीय उपाध्यक्ष शिव पौडेलको आतिथ्यता तथा अनेम संघ केन्द्रीय सल्लाहकार चन्द्र वदन श्रेष्ठको प्रमूख आतिथ्यता रहेको थियो ।
कार्यक्रम लाई सम्बोधन गर्दै श्रेष्ठले २१ औ शताब्दिमा आइपुग्दा पनि महिलाहरु हिन्सात्मक घटना बाट पिडित बन्नुपर्ने बाध्यात्मक स्थिति रहेको बताउनु भयो । श्रेष्ठले अब यस्ता घटनाबाट माथि उठ्न महिला दिदी बहिनीहरु एक ढिक्का भएर लाग्नु पर्नेमा जोड पनि दिनु भएको छ ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य मिना पोखरेल,जिल्ला उपाध्यक्ष राम प्रसाद बेल्बासे, नेकपा ( मसाल) जिल्ला प्रवक्ता छविलाल गैरे, अखिल नेपाल किसान महासंघ जिल्ला अध्यक्ष मुक्तिराम न्यौपाने लगायतले सम्बोधन गर्नु भएको थियो ।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले महिला पुरुष बराबर अधिकार भन्ने कुरा कागजमा मात्र सिमित रहेको प्रति आपत्ति प्रकट गरेका छन् । महिला हिंसा ,बलात्कारजन्य घटना न्युनिकरण लगि नेपाल सरकारको ध्यान नगएको प्रती घोर आपत्ति समेत उनीहरुले जनाएका थिए। कार्यक्रम कपिलवस्तु को बाण्गंगा नगरपालिका ७ बनगाई ( खारखानि) मा सम्पन्न भएको हो ।


खबर सबै
-
बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?






प्रतिक्रिया