

‘म कुन पार्टीकाे रे ! सर्वाेच्चमा साेध्न जानुस्’ : प्रधानमन्त्री



काठमाण्डाै
प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशबाटै आफू कुन दलको हो भन्ने स्पष्ट भइसकेको भन्दै उहाँले आफूलाई कुन पार्टीको हो ? भनेर प्रश्न गर्ने सांसदलाई सर्वोच्च अदालतलाई सोध्न आग्रह गर्नुभएकाे छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सोमवार काठमाण्डौमा गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्ताे बताउनुभएकाे हाे ।
उहाँले भन्नुभयो, ‘हिजो मैले बोलिनँ । प्रधानमन्त्री कुन पार्टीको हो भनेर सोधिराखेका थिए । अब मैले उहाँहरूलाई सोध्न नपरोस् तपाईँ कुन पार्टीको हो ? भनेर । उहाँहरूले मलाई नेकपाको साधारण सदस्यबाट पनि निकाल्नुभएको थियो । म साधारण सदस्य पनि होइन नेकपाको । अदालतले भन्यो म कुन पार्टीको हो भनेर । लक्ष्मीप्रसाद देवकोटोले भनेजस्तो दर्शन किन्तु कहीँ दिँदैन चर्मचक्षुले भएर के भनेजस्तै देख्नै नसक्ने, देख्नै नखोज्ने आँखा भएर के गर्ने ? कान भएर के गर्नु सुन्नै नसक्ने । जन्मदैको दोष पनि होइन । कुनै रोगविमारको दोष पनि होइन । सुनिराखेको छ तर पनि सुन्दैन । देखिराखेको छ तर पनि देख्दैन । अब हुँदा हुँदा प्रधानमन्त्री कुन पार्टीको हो जानकारी पाउँ । सर्वोच्च अदालतमा सोध्न जानुहोस् ।’
देशमा स्थायित्व काम गर्नका लागि आफूले प्रतिनिधि सभा विघटन गरेर चुनावमा गएको दोहोर्याउँदै प्रधानमन्त्री ओलीले संसद् पुनर्स्थापना भए पनि ‘दूरदिन’ सुरु भएको टिप्पणी गर्नुभयो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले ल्याएको अध्यादेश फेल गरेर देखाउन चुनौती दिनुभएको छ । उहाँले एसिड आक्रमणविरुद्धको अध्यादेश पास हुन नदिन संसद् अवरुद्ध गरिएको दाबी गर्नुभयो


खबर सबै
-
बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?






प्रतिक्रिया