

बस र मोटरसाइकल एक आपसमा ठोक्किदा दाङमा २ को मृत्यु

दाङ
दाङमा बस र मोटरसाइकल एक आपसमा ठोक्किदा भएको दुर्घटनापरी मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। आइतवार राति करिब दश बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ४ ख ९०१६ नम्बरको बस र अनटेष्ट बुलेट मोटरसाईकल लमही नगरपालिका-८ उचानिम्बुको घुम्तीमा एक आपसमा ठोक्किएका थिए ।
मोटरसाईकलमा सवार लमही नगरपालिका वडा नम्बर ८ उचानिम्बु निवासी २३ वर्षिय प्रकाश थापा र सोही ठाउँ निवासी ३० बर्षिय तिलक थापाको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ। प्रकाशको लमही अस्पतालमा र तिलकको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो। वस र चालक प्रहरीको नियन्त्रणमा छन।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया