ओली समूहले राख्यो पार्टी कार्यालयमा धमाधम नेकपाको हटाएर एमालेको साइनबोर्ड

?

काठमाडौं

सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएसँगै प्रधानमन्त्री केपी ओली समूह नेकपा एमाले ब्यूँताउन लागिपरेको छ ।

सर्वाेच्च अदालतको फैसलापछि उत्साहित बनेको नेकपा ओली समूहका कार्यकर्ताले  नेकपा एमालेको कार्यालय स्थापना गरेका छन् ।

विभिन्न जिल्लामा रहेका पार्टी कार्यालयमा नेकपाको साइनबोर्ड हटाएर नेकपा एमाले लेखिएको साइनबोर्ड राखिएको छ । मकवानपुर, मोरङ, नुवाकोट, पर्वतलगायतका जिल्लामा ओली पक्षका कार्यकर्ताले पार्टी कार्यालयमा नेकपाको साइनबोर्ड हटाएर नेकपा एमालेको साइनबोर्ड राखिएको हो।

पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै दुई खेमामा विभाजित नेकपा आइतबार सर्वोच्च अदालतले कट्टेल नेतृत्वको नेकपासँग नाम मिलेको भन्दै खारेज हुने फैसला गरेको थियो। त्यसपछि उत्साही देखिएको ओली पक्षले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएको र २०७५ जेठ २ गतेको अवस्थामा पुगेको टिप्पणी गरेको छ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रले जेठ ३ गते पार्टी एकता घोषणा गरी निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी नेकपा नामको पार्टी दर्ता गरेका थिए ।

सर्वाेच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँदाइदिएपछि सोमबार संस्कृति, पर्यटन मन्त्री भानुभक्त ढकालको उपस्थितिमा ओली समूहका कार्यकर्ताले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बोर्ड हटाएर नेकपा एमालेलेखिएको बोर्ड राखेका हुन् ।

सर्वाेच्चको फैसलापछि सोमबार मदन स्मृति भवनमा नेकपाको बोर्ड हटाएर एमाले बोर्ड राखिएको छ । पार्टी एकताअघि सो कार्यालय नेकपा एमालेको नै थियो ।

प्रतिक्रिया

खबर सबै