

कृषि ज्ञान केन्द्र कपिलवस्तुलद्वरा संचारकर्मी बिच अन्तरक्रिया गोष्ठी सम्पन्न



सागर पौडेल ,कपिलवस्तु कृषि ज्ञान केन्द्र कपिलवस्तुले संचारकर्मीहरु बिच अन्तरक्रिया गोष्ठी सम्पन्न गरेको छ । कार्यालयको सभा हलमा सम्पन्न गोष्ठीमा चालु आर्थिक वर्षमा विनियोजित कार्यक्रमहरुको बारेमा जानकारी गराईएको थियो । यस्तै कार्यालयबाट अहिले सम्म सम्पन्न गरेका तथा प्रकृयामा रहेका कार्यक्रमको बारेमा कार्यालय प्रमुख भिमनाथ शर्मा तथा बाली संरक्षण अधिकृत सत्यराम हरिजनले जानकारी दिएका थिए ।
कार्यक्रममा स्मार्ट कृषि गाउँ कार्यक्रम, कृषि उत्पादन, खाद्य तथा पोषण सुरक्षा कार्यक्रम, अभियानमुखी कृषि तथा पशुपालन बिकास कार्यक्रम, भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्रालय, कृषि विषय अध्ययन गरेका युवाहरुका लागि उद्यमशिलता विकास कार्यक्रमबारे जानकारी गराईको थियो । व्यवसायिक कृषि उत्पादन केन्द्र, ब्लक विकास कार्यक्रम, स्थानीयतह र सहकारीको सहकार्यमा चक्लाबन्दी सहितको नमुना फार्म स्थापना, अभियानमुखि प्याज तथा लसुन उत्पादन लगाएत कार्यक्रमका लागि बिनियोजित बजेट तथा प्रकाशित गरिएको सुचनाको बारेमा जानकारी गराईएको थियो ।
कार्यक्रम कार्यालय प्रमुख भिमनाथ शर्माको अध्यक्षतामा नेपाल पत्रकार महासंघका सचिव हरि अधिकारीको आतिथ्यता रहेको अन्तरक्रिया कार्यक्रम शिवपुजन गुप्ताको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्लाका क्रियाशिल संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया