

सरकार र विप्लव बिच शान्तिपूर्ण राजनीतिमा आउनेे, सरकारी पक्षसगँ ३ बुँदे सहमति




नेपाल कम्युनिस्ट पार्टी नेकपा (विप्लव समूह) शान्तिपूर्ण राजनीतिमा आउन सहमत भएको छ । बिहीबार सरकारी पक्ष र विप्लव पक्षबीच भएको वार्तामा विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउन सहमत भएको छ ।
सरकारी पक्षसगँ ३ बुँदे सहमति भएको छ । शान्तिपूर्ण राजनीतिमा आउन सहमत पक्षसँग भएको ३ बुँदे सहमतिअनुसार विप्लव समूहमाथि लागेको प्रतिबन्ध हटाइएको छ । यस्तै राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट गर्ने, राजनीतिक बन्दीहरुको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने सहमति भएको छ ।
सहमतिको विस्तृत विवरण शुक्रबार विशेष समारोहका बीच सार्वजनिक गरिने सरकारका तर्फबाट रामबहादुर थापा विप्लव समूहको तर्फबाट प्रवक्ता प्रकाण्डले जारी गरेको प्रेस नोटमा उल्लेख छ । शुक्रबारको समारोहमा सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका तर्फबाट महासचिव विप्लवले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
सरकारले विप्लव समूहले हिंसात्मक गतिविधि गरेको भन्दै २०७५ फागुन २८ गते प्रतिबन्धको घोषणा गरेका थियो । प्रतिबन्ध लगाएको दुई वर्षको अवधिमा देशका विभिन्न ठाउँबाट २ हजार ६४ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेका २ हजार ६४ जनामध्ये १ हजार ९ सय ७४ जनालाई मुद्दा चलाइएको थियो भने मुद्दा दर्ता भएका मध्ये १ हजार ८ सय ६ जना छुटेका छन् । यस्तै १ सय ३६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।


खबर सबै
-
बालविवाहमुक्त वडामै १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु
-
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, ९ घाइते
-
सिँचाइ कुलोमा मृत फेला परेकी महिलाको खुल्यो पहिचान
-
बाणगंगा नदिमा आएकाे बाढीमा परि एकजना बेपत्ता, एककाे सकुशल उद्वार
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?






प्रतिक्रिया