

स्वतन्त्र विद्यार्थी युनियन वाणगंगा बहुमुखि क्यापस द्धारा विद्यार्थी सम्मान




भगवती न्यौपाने
स्वतन्त्र विद्यार्थी युनियन वाणगंगा बहुमुखि क्यापसद्धारा विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न भएको छ । कक्षा १२ उतिर्ण गरि स्नातक पहिलो वर्षमा अध्यान गर्ने विद्यार्थीलाई सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा प्रमुख अतिथिबाट बोल्दै वाणगंगा नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष तथा क्याम्पस व्यवस्थापन समितिका गुणानिधि भुषालले सुन्दर भविष्य बनाउन विद्यार्थीले सानै उमेरबाट मेहनत र लगनशिल हुनु पर्ने बताउनु भयो । मान्छे मृत्यु पछि पनि अमर र सम्मान पाउन समाज र राष्ट्रका लागि उल्लेखनिय काम गर्नुपर्ने तर्क गर्नुभएको थियो ।

उहाँले उदारण दिदै जसरी हसियामा पटक पटक धार लगाईन्छ त्यसरीनै एउटा व्यक्तिले आफुलाई सफल र अबल बनाउनको लागि हसियामा धार लगाए जस्तै कडा परिश्रम गर्नुपर्ने बताउदै विद्यार्थीलाई औपचारिक शिक्षा सँगै व्यक्तिव विकासको शिक्षा पनि आवश्यक रहेको बताउनु भयो ।
वाणगंगा बहुमुखि क्यापसका व्यवस्थापन समितिका अध्यक्ष हिमलाल पौडेल र वाणगंगा मा.विका व्यवस्थापन समितिका अध्यक्ष हुमनाथ पौडेले बोलेर भन्दा काम गरेर देखाउने बेला भएको हुदाँ विद्यार्थीलाई अनुशासित भएर पढ्न आग्रह गर्नुभयो ।
वाणगंगा बहुमुखि क्यापसका क्याम्पस प्रमुख डिभि रेश्मी र वाणगंगा माविका प्राचार्य कुलराज पौडेलले विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन र समाजमा सक्षम नागरिक बनाउन आफुले कुनै कसर नछोड्ने बताउनु भयो । विगतका नतिजा हेर्दा जिल्ला, प्रदेश र राष्ट्रमा नै उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउँदै यो नतिजालाई निरन्तरता दिदै आगामि दिनमा अझै राम्रो नतिजा ल्याउन सक्ने तर्क गर्नुभएको थियो । अब यसै शैक्षिक सत्र देखि स्माट विद्यालय बनाउने उहाँले बताउनु भयो ।
स्वतन्त्र विद्यार्थी युनियन स्ववियु सभापति माधव पौडेलको अध्यक्षता, शिक्षक लक्ष्मण पुरिको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चाल भगवती न्यौपानेले गर्नु भएको थियो ।
यस्तै कार्याक्रममा नगर स्तरिय भलिबल राष्ट्रपति रनिग शिल्ड प्रतियोगितामा तृतिय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पनि मेडल र मायाको चिनोले सम्मान गरिएका थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया