

विश्वभर ९ करोड १० लाखभन्दा धेरैले कोरोनालाई जिते


काठमाण्डाै
विश्वभर अहिलेसम्म ९ करोड १० लाखभन्दा धेरैले कोरोनालाई जितेका छन् ।
वर्ल्डओमिटरकाअनुसार ११ करोड २२ लाखभन्दा धेरै कोरोना सङ्क्रमितमध्ये ९ करोड १० लाखभन्दा धेरै व्यक्ति कोरोनामुक्त भइसकेका हुन् ।
अहिलेसम्म कोरोनाका कारण विश्वभर २५ लाख ५८ हजार जनाको ज्यान गएको छ । सङ्क्रमितमध्ये २ करोड १७ लाख व्यक्ति अहिले विभिन्न अस्पताल र होम आइसाेलेशनमा रहेका छन् ।
सङ्क्रमितमध्ये पनि ९९ दशमलव ६ प्रतिशत अथवा २ करोड १६ लाखभन्दा धेरै व्यक्तिको अवस्था सामान्य छ । शून्य दशमलव ४ प्रतिशत अथवा ९० हजार ७ सय जनाको अवस्था गम्भीर रहेको छ । यस्तै कोरोनाले सबैभन्दा धेरै प्रभावित अमेरिकामा सङ्क्रमित हुनेको संख्या बढ्न थालेको छ ।
पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा १८ सय १३ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । अहिलेसम्म अमेरिकामा कोरोनाका कारण ५ लाख २९ हजारभन्दा धेरै व्यक्तिले ज्यान गुमाइसकेका छन् भने २ करोड ९३ लाखभन्दा धेरै व्यक्ति सङ्क्रमित भएका छन् ।


खबर सबै
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कपिलवस्तुमा मानसिक स्वास्थ्यदेखि साइबर सुरक्षासम्म सचेतना फैलाउँदै लायन्स क्लब
-
कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद
-
पाल्पा जिप दुर्घटना : १० जना घाइते






प्रतिक्रिया