

बुटवलमा ‘विद्यार्थीसँग नेप्से’ सेमिनार


रूपन्देही ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले काठमाडौं उपत्यकाबाहिर बुटवलमा पहिलो पटक ‘विद्यार्थीसँग नेप्से’ विषयक सेमिनार कार्यक्रम गरेको छ ।
नेप्सेको आयोजना र एक्सिस कलेज जानकीनगर, रूपन्देहीको सहकार्य तथा लिन्च स्टक मार्केटको समन्वयमा कार्यक्रम भएको हो । सेमिनारमा नेपालको पुँजी बजारका ‘इस्यु एन्ड फ्याक्ट’ र ‘नेप्से अनलाइन ट्रेनिङ सिस्टम’ विषयका २ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
पुँजी बजारका ‘इस्यु एन्ड फ्याक्ट’ विषयक पहिलो कार्यपत्र प्रस्तुत गर्दै नेप्सेका प्रबन्धक निरञ्जन फुयालले नेपालको वर्तमान पुँजी बजारलाई अन्तर्राष्ट्रिय पुँजी बजारसँग तुलना गर्दै बजारमा वित्तीय रूपमा साक्षर लगानीकर्ता आवश्यक रहेको बताए ।
नेपालको पुँजी बजारमा नयाँ संरचना तथा संस्थाहरूको सहभागिता अझै आवश्यक रहेकाले विद्यार्थीका लागि थप रोजगारी क्षेत्र सिर्जना हुने फुयालको भनाइ छ । सानो लगानीबाट विद्यार्थीले लगानी पोर्टफोलियो तयार गर्नुपर्ने सुझाव उनको छ । पुँजी बजारको लगानी जोखिममुक्त नभई जोखिमयुक्त भएकाले विस्तृत अध्ययनपछि मात्र लगानी गर्न फुयालले आग्रह गरे ।
नेप्से अनलाइन ‘टे«निङ सिस्टम’ विषयको कार्यपत्र प्रस्तुत गर्दै वरिष्ठ अधिकृत प्रभाकर घिमिरेले नेप्सेको अनलाइन कारोबार प्रणाली प्रयोग गर्दा ध्यान दिनुपर्ने विषयबारे प्रकाश पारे । घिमिरेले सबै विद्यार्थीलाई बजारमा उपलब्ध प्रविधि प्रयोग गर्दै सचेत भएर लगानी गर्न सुझाव दिए ।
उनले बजारमा ‘टेक्नोफेन्डली’ भएकाले आपूmले प्रविधि प्रयोग गर्न र अरूलाई पनि प्रविधि प्रयोग गरेर बजारमा लगानी गर्न आग्रह गरे ।सेमिनारमा एक्सिस कलेजका २ सय बढी व्यवस्थापन संकायका विद्यार्थीको सहभागिता रहेको कलेजका अध्यक्ष होमराज बस्यालले जानकारी दिए ।
कार्यक्रममा एक्सिस कलेजका प्राचार्य रामप्रसाद अर्यालले कलेजले विषयवस्तुभन्दा बाहिरको विषयमा पनि ज्ञान बढाउन विभिन्न कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिए ।


खबर सबै
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज






प्रतिक्रिया