

बुटवलमा ‘विद्यार्थीसँग नेप्से’ सेमिनार



रूपन्देही ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले काठमाडौं उपत्यकाबाहिर बुटवलमा पहिलो पटक ‘विद्यार्थीसँग नेप्से’ विषयक सेमिनार कार्यक्रम गरेको छ ।
नेप्सेको आयोजना र एक्सिस कलेज जानकीनगर, रूपन्देहीको सहकार्य तथा लिन्च स्टक मार्केटको समन्वयमा कार्यक्रम भएको हो । सेमिनारमा नेपालको पुँजी बजारका ‘इस्यु एन्ड फ्याक्ट’ र ‘नेप्से अनलाइन ट्रेनिङ सिस्टम’ विषयका २ वटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
पुँजी बजारका ‘इस्यु एन्ड फ्याक्ट’ विषयक पहिलो कार्यपत्र प्रस्तुत गर्दै नेप्सेका प्रबन्धक निरञ्जन फुयालले नेपालको वर्तमान पुँजी बजारलाई अन्तर्राष्ट्रिय पुँजी बजारसँग तुलना गर्दै बजारमा वित्तीय रूपमा साक्षर लगानीकर्ता आवश्यक रहेको बताए ।
नेपालको पुँजी बजारमा नयाँ संरचना तथा संस्थाहरूको सहभागिता अझै आवश्यक रहेकाले विद्यार्थीका लागि थप रोजगारी क्षेत्र सिर्जना हुने फुयालको भनाइ छ । सानो लगानीबाट विद्यार्थीले लगानी पोर्टफोलियो तयार गर्नुपर्ने सुझाव उनको छ । पुँजी बजारको लगानी जोखिममुक्त नभई जोखिमयुक्त भएकाले विस्तृत अध्ययनपछि मात्र लगानी गर्न फुयालले आग्रह गरे ।
नेप्से अनलाइन ‘टे«निङ सिस्टम’ विषयको कार्यपत्र प्रस्तुत गर्दै वरिष्ठ अधिकृत प्रभाकर घिमिरेले नेप्सेको अनलाइन कारोबार प्रणाली प्रयोग गर्दा ध्यान दिनुपर्ने विषयबारे प्रकाश पारे । घिमिरेले सबै विद्यार्थीलाई बजारमा उपलब्ध प्रविधि प्रयोग गर्दै सचेत भएर लगानी गर्न सुझाव दिए ।
उनले बजारमा ‘टेक्नोफेन्डली’ भएकाले आपूmले प्रविधि प्रयोग गर्न र अरूलाई पनि प्रविधि प्रयोग गरेर बजारमा लगानी गर्न आग्रह गरे ।सेमिनारमा एक्सिस कलेजका २ सय बढी व्यवस्थापन संकायका विद्यार्थीको सहभागिता रहेको कलेजका अध्यक्ष होमराज बस्यालले जानकारी दिए ।
कार्यक्रममा एक्सिस कलेजका प्राचार्य रामप्रसाद अर्यालले कलेजले विषयवस्तुभन्दा बाहिरको विषयमा पनि ज्ञान बढाउन विभिन्न कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिए ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया