

मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

दाङ ।
मोटरसाइकलले ठक्कर दिँदा दाङमा स्कुले बालिकाको मृत्यु भएको छ । विद्यालयबाट पढाइ सकेर घर फर्किने क्रममा घोराही उपमहानगरपालिका १७ सिस्ने खोलाकी १५ वर्षीया अमृता आचार्यको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो ।
उनी दाङको घोराहीस्थित हिन्दु विद्यापीठ नेपालमा कक्षा ८ मा अध्ययनरत थिइन् । उनी पैदल घर जाँदै गरेका बेला मोटरसाइकलले ठक्कर दिएको थियो । विद्यालयबाट घर फर्कने क्रममा अमृतालाई रा।४प ७७४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट उनलाई उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको विद्यालयका शिक्षक पीताम्बर रिजालले जानकारी दिए ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया