

ब्राउन सुगरसहित तुलसीपुरबाट एक महिला पक्राउ



दाङ ।
दाङको तुलसीपुरबाट ब्राउन सुगरसहित एक महिला पक्राउ परेकी छिन् । तुलसीपुर उपमहानगरपालिका ५ की ४२ वर्षीया तुलसा पोखरेल आइतवार दिउँसो ब्राउन सुगरसहित पक्राउ परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख तथा प्रहरी नायब उपरीक्षक ९डीएसपी० शिवबहादुर सिंहले जानकारी दिनुभएको छ ।
प्रहरीले तुलसीपुर बजारको पोखरेलको घर उच्च अदालत अगाडि पार्किङ गरेर राखेको पोखरेलको रा ५ प ७१४६ नम्बरको स्कुटरको डिक्कीभित्र राखेको अवस्थामा प्लास्टिकसहित तौल गर्दा २ दशमलव २२ ग्राम ब्राउन सुगर बरामद भएको डीएसपी सिंहले बताउनुभयो ।
इलाका तुलसीपुर र जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटिएका सादा पोसाकका प्रहरीले गोप्य सूचनाका आधारमा पोखरेलको स्कुटरमा ब्राउन सुगर भेटेपछि पोखरेललाई नियन्त्रणमा लिएको छ ।
पोखरेलका श्रीमान् मदन पोखरेल उच्च अदालत सुर्खेतमा न्यायाधीशका रूपमा कार्यरत छन् । पक्राउ परेकी पोखरेल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहकी जिल्ला कमिटी सदस्य पनि हुन् ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया