

शिक्षकको जिल्लान्तर सरुवाको बाटो खुला


काठमाडौं । शिक्षकहरुलाई एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन बाटो खुला भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आइतबार सूचना जारी गरी गत पुस २० गतेदेखि रोकिएको शिक्षकहरुको जिल्लान्तर सरूवा खुला गरिएको जनाएको छ ।
जिल्लान्तर सरूवा हुने स्थानीय तह तथा जिल्लाभित्रकै एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरूवा गर्दा सम्बन्धित स्थानीय तहले दरबन्दी मिलानको कार्य सम्पन्न गरेको प्रतिवेदन प्राप्त भएपछि मात्र सरूवा गर्न सक्ने केन्द्रको सूचनामा उल्लेख छ ।
शिक्षा विकास तथा समन्वय इकाइले जिल्लान्तर सरुवा भई आउने शिक्षकहरुको विवरण पाक्षिक रुपमा केन्द्रमा अनिवार्य पेश गर्नुपर्ने उल्लेख छ । केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहालका अनुसार विभिन्न शर्तहरूको अधीनमा रहेर शिक्षक सरूवा गर्न सकिने व्यवस्था गरिएको हो ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया