

नेपालमा कोरोना : ३ हजार ९४४ पीसीआर परीक्षण , ११२ मा संक्रमित पृष्टि





काठमाडौं
मुलुकमा थप ११२ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । जसमा महिलाको संख्या ४४ र पुरुषको संख्या ६८ रहेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ९४४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ११२ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७३ हजार ९८४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५४ संक्रमित निको भए, ४ को मृत्यु
कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ५४ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ५४ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७० हजार २७७ पुगेको छ ।
त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या ९ सय ३६ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ७१ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९४४ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २१ लाख ५७ हजार ५८० जनाको पीसीआर परीक्षण भएको छ ।
यसगरी पछिल्लो २४ घण्टामा थप ४ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ७१ पुगेको छ ।


खबर सबै
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई











प्रतिक्रिया