

इबोलाको महामारी फैलिएको गिनीमा खोप अभियान सुरु






काठमाण्डाै
अफ्रिकी देश गिनीले इबोला विरुद्धको खोप अभियान सुरु गरेको छ । इबोला महामारी फेरि फैलिएपछि गिनीले खोप अभियान सुरु गरेको हो ।
गिनीमा इबोेलाका कारण केही व्यक्तिको ज्यान गइसकेको छ । त्यहाँका सरकारी अधिकारीका अनुसार गएको फेब्रुअरी १४ तारिखमा पहिलो पटक इबोला देखिएको क्षेत्रमा खोप अभियान सुरु गरिएको हो । विश्व स्वास्थ्य संगठनले स्वास्थ्यकर्मीलाई इबोला विरुद्धको खोप दिएर अभियान थालिएको जनाएको छ ।
संगठनले जोखिममा रहेका नागरिक र अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखेर खोप दिइने पनि जनाएको छ । इबोलाका कारण सन् २०१३ देखि २०१६ सम्ममा ११ हजार ३ सय जनाको ज्यान गएको थियो । अफ्रिकी देश गिनी, लाइबेरिया र सेरालियोन इबोलाका कारण बढी प्रभावित देश हुन् ।


खबर सबै
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई











प्रतिक्रिया