

बराबरीमा रोकियो स्पेनिस ला लिगामा बार्सिलोना



काठमाण्डौ
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना काडिजसँग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा बार्सिलोना र काडिजले १-१ गोलको बराबरी गरेका हुन् ।
खेलको ३२ औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए पनि यसलाई जोगाइराख्न नसक्दा खेल बराबरीमा पुगेको थियो ।
खेलको ८९ औं मिनेटमा काडिजका एलेक्स फर्नान्डेजले पेनाल्टीमार्फत गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए । बराबरीसँगै तेस्रो स्थानमा रहेको बार्सिलोनाले २३ खेलमा ४७ अंक जोडेको छ। यस्तै, गएराति नै भएका खेलमा रियल सोसिडाड र हुएस्का विजयी भएका छन् ।
रियल सोसिडाडले एल्लाभेसलाई ४-० गोल अन्तरले हरायो भने हुएस्काले ग्रानडालाई ३-२ गोल अन्तरले हरायो । यस्तै, एट्लेटिको बिल्वाओ र भिल्लारियलले भने एक/एक गोलको बराबरी गरेका छन् ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया