
फागुन तेस्रो हप्ताभित्र मतदाना नामावली अध्यावधिकको काम सक्ने गरी आयोगको तयारी

काठमाण्डाै
निर्वाचन आयोगले मतदाता नामावली अध्यावधिक गर्ने काम फागुन तेस्रो हप्ताभित्र सम्पन्न गर्ने तयारी गरेको छ ।
वैशाखमा तोकिएको मध्यावधि चुनावका लागि यही फागुन तेस्रो हप्ताभित्र नामावली अध्यावधिक गर्ने काम सम्पन्न गर्ने काम भइरहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
चुनावको तयारीअनुसार आयोगले अहिले तयार भएको निर्वाचन आचारसंहिताबारे राजनीतिक दलहरुसँग परामर्शको काम गरिरहेको छ ।
राजनीतिक दलहरुले चुनाव प्रचारप्रसारका सामग्री सार्वजनिक ठाउँ र घरमा राख्ने/नराख्ने, निर्वाचन खर्चलगायतबारे सुझाव दिएका र त्यसबारे आयोगले थप अध्ययन गरेर स्वीकृत गर्ने प्रवक्ता श्रेष्ठको भनाइ छ । आयोगले सुझावलाईसमेत समेटेर स्वीकृत गरेपछि आचारसंहिता लागू हुनेछ । आयोगले चुनावका लागि आवश्यक सामग्री खरिदका लागि प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।
केही दिनमै बोलपत्र आह्वान गर्ने तयारी भइरहेको आयोगले जनाएको छ । आयोगले निर्वाचन निर्देशिका बनाउने काम पनि गरिरहेको र त्यसका लागि अध्ययनको काम भइरहेको जानकारी गराएकाे छ । यसैबीच, चुनावअघि नै नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद समाधान गर्नुपर्ने भएकाले आयोगले छिट्टै नेकपाको विवाद टुङ्ग्याउने गरी काम गरिरहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा वैशाख १७ र २७ गते मध्यावधि चुनाव गर्ने मिति तोक्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नुभएपछि नेकपा दुई समूहमा विभाजित छन् । प्रचण्ड–नेपाल समूह कुनै पनि हालतमा संसद पुनःस्थापना हुनुपर्ने पक्षमा छ भने प्रधानमन्त्री ओली समूह चुनावमा गएर ताजा जनादेश लिएर आउनुपर्ने अडानमा छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सकिएको छ । प्रतिनिधिसभा पुनःस्थापना हुने या नहुने भन्नेबारेको फैसला केही दिनभित्रै गर्ने सर्वोच्चको तयारी छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया