

पुलिस र आर्मीले बराबरी खेल्दा एपीएफलाई राष्ट्रिय महिला लिग फुटबलको उपाधि



काठमाण्डौ
राष्ट्रिय महिला फुटबल लिगको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । बुधवार भएको खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले एक–एक गोलको बराबरी खेलेसँगै एपीएफले उपाधि जितेको हो ।
बुधवारकाे खेलमा आर्मीले पुलिसलाई हराएको भए एपीएफले उपाधिका लागि एक जित पर्खनुपर्ने थियो तर आर्मीले पुलिससँग बराबरी खेलेसँगै उपाधि एपीएफले जित्यो ।
बुधवार सातदोबाटोमा रहेको एन्फा मैदानमा भएको खेलमा पुलिसकी अमृता जैशीले गोल गर्दै अग्रता बनाए पनि आर्मीकी रश्मी घिसिङले गोल गर्दै खेललाई बराबरीमा ल्याइन् ।
११ खेलमा २६ अङ्कका साथ आर्मी दोस्रो स्थानमा छ भने पाँचौँ स्थानमा रहेको पुलिसको १५ अङ्क छ ।
बुधवार नै दोस्रो खेलमा अहिले एपीएफ र विराटनगर महानगरपालिका खेलिरहेका छन् । अङ्क तालिकाको उपाधि जितिसकेको एपीएफले १० खेलमा ३० अङ्क जोडेको छ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया